मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

उच्च अदालत बार एशोसियन नेपालगञ्जको निर्बाचनमा प्रजातन्त्रवादी कानुन व्यवसायीहरु नेतृत्व गदै कानुन व्यवसायी शिवकुमार श्रेष्ठ र प्रगतिशिल नेतृत्व गदै विकास आचार्य बिच निर्बाचन हुने
  • मार्गरेखा संवाददाता

  • उच्च अदालत बार एशोसियन नेपालगञ्ज इजलाशको नयाँ नेतृत्वका लागि आज मंगलबार उम्मेदवारी दर्ता हुदैछ । नयाँ नेतृत्वका लागि यहि १६ गते मतदान तोकिएको बारका अध्यक्ष बलबहादुर चन्दले जानकारी दिए । बारको अध्यक्षका लागि प्रजातन्त्रवादी कानुन व्यवसायीहरुले शिवकुमार श्रेष्ठ अध्यक्ष र चित्रबहादुर शाही सचिव रहेको प्यानल तयार पारेका छन् ।

    यसैगरी प्रगतिशिल तथा पेशाकर्मी समूहले विकास आचार्यको नेतृत्वमा प्यानल तयार गरेको छ । श्रेष्ठ बारका पुर्ब अध्यक्ष हुन् भने आचार्य पुर्व सचिव हुन् । आचार्य यसअघि पनि अध्यक्षका प्रत्यासी थिए । सो प्यानलमा सचिवमा सुनिता शर्मा ज्ञवाली र कोषाध्यक्षमा रामचन्द्र घिमिरे उम्मेदवार रहेका छन् । उपाध्यक्षमा राधेश्याम थारु र राजाराम गुप्ता दुईजनाको दावेदारी रहेको छ ।  अध्यक्ष ,उपाध्यक्ष, सचिव र कोषाध्यक्ष तथा ९ जना सदस्य गरी १३ सदस्यीय कार्यसमितिका लागि २८६ जना सदस्य मतदाताका रुपमा रहेका छन् ।

    बारका अध्यक्ष चन्दका अनुसार आज विहान  ११ बजेदेखि ४ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ । ६ गते दावी विरोधको समय तोकिएको छ भने ७ गते उम्मेदवारी मनोनयन फिर्ताको समय राखिएको छ ।  भदौं १६ गते विहान ९ बजेदेखि दिउसो ४ बजेसम्म मतदान हुनेछ । मतदान समापन लगत्तै गणना सुरु हुने बार अध्यक्ष चन्दले बताए ।  अध्यक्षका उम्मेदवार आचार्यले आफुहरुमधेसी, महिला, जनजातीको समूह बनाएर प्रतिष्पर्धामा उत्रिएका कारण यसपटक विजयी सुनिश्चित भएको बताए । बारको नेतृत्व लामो समयदेखि प्रजातान्त्रिक समूहले जित्दै आएको छ ।
    बारको निर्वाचनका लागि लक्ष्मणप्रसाद पराजुलीको संयोजकत्वमा लक्षीराम सापकोटा र विनोद गुप्ता रहेको ३ सदस्यीय निर्वाचन समिति गठन गरिएको बारका अध्यक्ष चन्दले लोकप्रिय सन्देशलाई जानकारी दिए ।

  • ४ भाद्र २०७५, सोमबार २०:२७ प्रकाशित
  • Nabintech
    सम्बन्धित