मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

रक्त संचार सेवा (व्लड बैक) संचालनमा कठिनाइ
  • मार्गरेखा संवाददाता

  • बर्दिया,भाद्र,५। नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा द्धारा संचालित जिल्ला अस्पताल परिसर भित्र रहेको रक्त संचार सेवा (व्लड बैक) संचालनमा कठिनाई भईरहेको जिल्ला रेडक्रसले जानकारी गराएको छ । नेपाल सरकार राष्ट्रिय रक्त संचार व्युरोको मापदण्ड वमोजिम संचालन गर्न लाग्ने आर्थिक भार रेडक्रसले थेग्न नसक्ने भएका कारण संचालन गर्न कठिनाई पर्नै भएको मंगलवार पत्रकार सम्मेलन गरि जानकारी गराएको छ । नेपाल सरकारको मापडण्ड अनुसार उपकरणका लागि २४ लाख र सोहि मापदण्ड अनुसारको जनशक्तिका लागि बार्षिक अनुमानित लागत ३२ लाख भन्दा बढि लाग्ने जिल्ला रेडक्रस जिल्ला शाखा बर्दियाका सभाति कृष्ण प्रसाद गौतमले वताए ।२०४५ सालमा स्थापना भई बर्दिया लगायत बाँके जिल्लालाई समेत रगतको सेवा दिदै आएको यस रक्त संचार सेवालाई मापदण्ड अनुसार संचालनका लागि जिल्लाका आठैवटा स्थानीय तह संग छलफल समेत गरेको सभापती गौतमले वताए । स्थानीय जन प्रतिनिधी हरुबाट यस बिषयमा उचित निष्कर्ष नआएको गौतमले दुःख व्यक्त गरे । जिल्ला रेडक्रसको तर्फबाट नेपाल सरकारलाई रक्त संचार सेवा संचालन गर्न मिल्ने सक्ने किसिमको मापदण्डको माग पटक पटक राखेको सभपति गौतमको भनाई छ । यो व्यवस्थालाईनै खारेजगरि रक्त संचार सेवा संचालनका लागि सहज गराईदिन अनुरोध गरेपनि सरकारले ध्यान नदिएका कारण अव यससेवा लाई निरन्तरता दिन कठिनाई हुने गौतमले वताएका छन् ।

  • ५ भाद्र २०७५, मंगलवार १२:४० प्रकाशित
  • Nabintech
    सम्बन्धित