मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

संविधानको धारा १८४ अनुसार प्रधानमन्त्री केपि अाेलीलाई ५ हजार जरिबाना गर्नु पर्छ
  • मार्गरेखा संवाददाता

  • प्रधानमन्त्रीले संविधान विपरित प्रदेश सभामा सम्बोधन गरेको भन्दै राजपाका उपाध्यक्ष तथा राष्ट्रिय सभा सदस्य वृषेशचन्द्र लालले संविधानको धारा १८४ अनुसार ५ हजार जरिवना हुनु पर्ने बताएका छन् ।

     

    प्रधानमन्त्री ओलीले संविधान र संसदीय अभ्यास विपरित प्रदेश सभामा सम्बोधन गरेको र मर्दापाल हुँदाहुँदै अंगरक्षकलाई प्रदेश सभामा प्रवेश गराएर गम्भीर गल्ति गरेको उनले बताएका छन् ।

    त्यसैगरी, राजपा नेपालका सचेतक परमेशर साहले प्रधानमन्त्रीले देखाएको क्रियाकलाप भत्र्सना योग्य रहेको प्रक्रिया दिएका छन् । प्रधानमन्त्रीले सम्बोधन गर्नुअघि प्रदेश सभामा कुकुरद्वारा सुरक्षा जाँच गरिएको प्रति उनले आलोचना गरे ।

    सचेतक साहले प्रधानमन्त्रीको बारेमा पार्टीभित्र कुनै छलफल नभए पनि आफूले विरोध गरेको बताए । मधेशी जनताको अपमान हुने गरी अभिव्यक्ति दिने प्रधानमन्त्रीको सम्बोधनलाई कुनै हालतमा सर्मथन गर्न सक्दैनौ, सचेतक साहले भने, ‘संविधान संशोधनमा रुचि नदेखाउने तथा आफ्ना कार्यकर्तामाथि लगाइएको मुद्दा फिर्ता नलिए समर्थन गर्न सकिदैन ।’नयाँपत्रिकाबाट

  • ६ भाद्र २०७५, बुधबार ०६:३८ प्रकाशित
  • Nabintech
    सम्बन्धित