मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

अपराध अनुसन्धानको सवालमा राजनैतिक दवाव मान्दैन”– दाङ प्रहरी प्रमुख प्रहरी उपरिक्षक कृष्ण हरि शर्मा
  • मार्गरेखा संवाददाता

  • जिल्ला प्रहरी कायर्णलय दाङ प्रहरी प्रमुख हरिकृष्ण शर्माले कुनैपनि अपराधको तहकिकातको सवालमा अनुसन्धानलाई प्रभाव पार्नेगरी हुनसक्ने संभावित राजनैतिक दवावलाई आफुले नमान्ने बताउनुभएको छ ।

    आफ्नै कार्यकक्षमा संचारकर्मीहरुसंग आज ( विहिबार) कुराकानी गर्दे शर्माले यस्तो बताउनुभएको हो ।

    “सूचना दिनुस, प्रहरीले आवस्यक छानबिन गर्दछ” शर्माले भन्नुभयो । आम नागरीकहरुलाई निर्धक्क संग सूचना दिन पटक पटक आफ्नो अफिसियल मोबइल नम्बर ९८५७८०५५५५ दिंदै सूचना दिनेको पुर्णतयाग ोपनियतासमेत कायम रहने शर्माले दावी गर्नुभयो । आफ्नो २२ बर्षे कार्यकालमा सबै अनुसन्धानहरुमा सफलताहासिल गर्नुभएको एसपि शर्माले लागु औषधको प्रयोग तथा व्यापारलाई निमिट्यान्न पार्न बिषेस प्रहरी उपरेसन संचालन गर्ने रणनिती बनाई लागू गरेको जानकारी दिनुभयो ।

    दाङ जिल्ला संगठित अपराध नहुने जिल्ला भएको भन्दै गुण्डागर्दीलाई टाउकोउठाउन नदिने दावि गर्नुभयो । “दाङमा केहि पुराना रहस्यमय हत्याकाण्ड हरुको पर्दाफास गर्ने सवालमा प्रहरी लागिपरेको छ ” शर्माको थप कथन छ । जिल्लामा नारायणपुरको रहस्यमय हत्याकाण्ड, संचार उद्यमी हेमराज हत्याकाण्ड को केसहरु तर्फ लक्षित गर्दे गरिएको प्रस्नमा शर्माले “अनुसन्धानमै रहेको” प्रतिकृया दिनुभयो ।

    प्रहरी संगठन भित्रको आचरणसुधार देखि लिएर सूचना पाएको लगत्तै प्रहरी मुभ हुने योजनाहरु अघि सार्दे प्रहरीको निर्देशक निती, सिद्धान्तको अधिनमारही प्रहरी साँच्चिकै प्रहरीजस्तैहुने शर्माले दावी गर्नुभयो ।

    देवानी तथा फौजदारी संहिता २०७४ ले अनुसन्धानको क्रममा केहि जनताको आशा गरे भन्दा धेरै समयलाग्ने देखिएको र यसोहुँदा अनुसन्धानन प्रभावित हुनसक्ने बताउनुभयो ।

    नेपालीहरुको महान चाडपर्वहरु नजिकिदै गएको र शान्तिसुरक्षा अमनचयन कायम गर्न प्रहरी कुनैपनि हालतमा नचुक्ने दावि गर्नुभयो ।

    प्रहरीको कामकार्वाहिमा हातहतियार सहित बाधा हाल्ने कुनैपनि व्यक्ति वा समुहलाई प्रहरीले जवाफि कार्वाहि गर्दे “इन्काउन्टर” समेत हुनसक्ने एसपि शर्माको भनाइ छ ।

    देवानी तथा फौजदारी संहिता २०७४ ले पत्रकारीता जगत र प्रहरी विच केहि समस्या खडाहुनेहो कि भन्ने प्रस्नमा शर्माले सबैले कानुन माने समस्या नहुने बताउनुभयो ।

  • ७ भाद्र २०७५, बिहीबार २०:१२ प्रकाशित
  • Nabintech
    सम्बन्धित