नेपालगञ्ज भदौं ८ गते – नगरको स्वास्थ्य सेवालाई चुस्त र प्रभावकारी बनाउन ल्यापटप उपलव्ध गराइएको छ । नेपालगञ्ज उपमहानगरपालिका अन्तगर्त १८ वटा स्वास्थ्य संस्थालाई १८ वटा ल्यापटप आज नेपालगञ्ज उपमहानगरपालिकाले उपलव्ध गराएको छ । स्वास्थ्य व्यवस्थापन सूचना प्रणालीलाई अनलाईनमार्फत व्यवस्थित, दुरुस्त र प्रभावकारी बनाउन जीआईजेडको सहयोगमा ल्यापटप प्रदान गरिएको उपमहानगरपालिकाले जनाएको छ । स्वास्थ्य इन्चार्ज र सहायकलाई चार दिने तालिमपश्चात आज एक समारोहबीच उपमहानगरपालिकाका नगरप्रमुख डा धवल शम्शेर राणाले ल्यापटप हस्तान्त्रण गर्नु भएको हो । सूचना प्रविधीको प्रयोगले स्वास्थ्य सूचना आदान प्रदानसँगै सेवा प्रवहमा मद्यत पुग्ने नगर प्रमुख राणाले विश्वास व्यक्त गर्नु भयो । स्वास्थ्य संस्थामा ल्यापटप प्रयोगले स्मार्ट सीटीको अवधारणालाई बल पुग्ने पनि उहाँको भनाई थियो । स्वास्थ्य सम्वद्ध विभन्न निकायसँग सम्न्वय गर्न, रेकर्ड राख्न तथा प्रतिवेदन सहज र प्रभावकारी रुपमा बनाउन सहज हुने स्वास्थ्य शाखाका संयोजक केशव गौतमले जानकारी दिनु भयो ।