काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलल बर्तमान कम्युनिष्ट पार्टीको सरकार स्थानीय तहका अधिकारमाथि हस्तक्षेप गर्न र संघीयतालाई खारेज गर्न लागेको बताउनुभएको छ । केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानले नगर प्रमुख र उपप्रमुखहरुसँग गरेको अन्तरसम्वाद कार्यक्रममा बोल्दै वरिष्ठ नेता पौडेलले संविधानको मर्म विपरित केन्द्र सरकारले स्थानीय तहका अधिकामाथि हस्तक्षेप गर्न लागेको आरोप लगाउनुभयो । उहाँले भन्नुभयो–‘बर्तमान सरकार पक्षपाती देखिएको छ । स्थानीय तहको अधिकारलाई केन्द्रले हस्तक्षेप गरेको छ । यसरी स्थानीय तहका अधिकारमाथि हस्तक्षेप गर्न केन्द्र सरकारले गर्न पाउदैन । कम्युनिष्ट सरकारले संघीयताको कार्यान्वयन गर्छ भन्नेका शंका छ । संघीयता कम्युनिष्टको सत्तामा पर्दैन । कम्युनिष्ट सिद्धान्त भनेको जनवादी केन्द्रीयतामा आधारित सिद्धान्त हो ।’
वरिष्ठ नेता पौडेलले अहिले देखिएको कर उठाउने विवाद केन्द्र सरकारको कमजोरीका कारण सृजना भएको बताउनुभयो । उहाँले केन्द्र सरकारले वित्तिय आयोग नबनाएका कारण करको विवाद सृजना भएको बताउनुभयो । उहाँले भन्नुभयो–‘ वित्तिय आयोग नबनेका कारण करको विवाद सृजना भएको हो । यो केन्द्र सरकारको कमजोरी हो ।’
उहाँले स्थानीय तहका जनप्रतिनीधिले गर्ने काम पार्टीको भविश्यसंग जोडिएको भन्दै पार्टीको सिद्धान्त र प्रतिष्ठा जोगाउने ढंगले काम गर्न समेत नगर प्रमुख र उपप्रमुखहरुलाई निर्देशन दिनुभयो । उहाँले भन्नुभयो–‘जनताले तपाईहरुलाई निर्वाचित गरेर पठाएका छन् । तपाईहरुको कामसंग पार्टीको भविश्य जोडिएको छ । अहिले हामी धेरै कमजोर अवस्थामा पुगेका छौ । त्यसैले तपाईहरुको कामले पार्टीलाई माथि ल्याउन जरुरी छ । स्थानीय तह भ्रष्चारको अखडा हुन लाग्यो भन्ने बुद्धिजीवीहरुको तहबाट कुरा आउन थालेको छ । पारदर्शी रुपमा काम गर्न काम गर्नुपर्छ भन्ने दिमागमा राख्नुहोला । संविधान र लोकतन्त्रको मर्म अनुसार काम गर्नुहोला ।
पौडेलले बर्तमान सरकारले अहिले ठुला ठुला भ्रष्टचार गर्न लागेको भन्दै यो विषयलाई आम नागरिकसम्म लै
जानुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो– ‘अहिले ठुला घोटला भएका छन् । त्यो स्थानीय तहले उठाउनुपर्छ । नेपाल वायूसेवा निगमको वाइड बडि जहाज खरिदमा जसरी घोटला भएको छ । त्यो बिषयलाई तल्लो निकायसम्म लैजानुपर्छ । यो काम तपाईहरुले गर्नुहोला ।’