मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

दाङमा गिद्ध दिवस मनाईने
  • मार्गरेखा संवाददाता

  • ????????????????????????????????????

    तुलसीपुर, १३ भदौ
    दाङमा दशौ अन्तराष्ट्रिय गिद्ध संरक्षण सचेतना दिवस मनाउन लागीएको छ । पर्यावरणीय दिगो बिकास एवं अनुसन्धान केन्द्रले भदौ १४ गते बिहीबार दिवस मनाउन लागेको संस्थाका कार्यक्रम संयोजक तुल्सीराम वलीले जानकारी दिनुभएको छ । घोराही उपमहानगरपालीका वडा नं. २ को चरीङ्गे तालमा प्रदेश सभामुख पुर्ण बहादुर घर्तीको उपस्थितमा दिवस मनाउन लागीएको वलीले जानकारी दिनुभयो ।

    नेपालका विभिन्न जिल्लामा गिद्ध संरक्षणका क्षेत्रमा काम गर्दै आएका संस्थाहरुले गिद्ध संरक्षणकालागी सचेतना फैलाउने उद्येस्यले सचेतनामुलक ¥याली, क्याम्पस तथा विद्यालय स्तरिय संरक्षण शिक्षामुलक प्रतियोगिताहरु गरी दिवस मनाउन लागीएको राष्ट्रिय गिद्ध सञ्जालका अध्यक्ष डिल्ली बहादुर रावतले जानकारी दिनुभएको छ ।

    प्रत्येक बर्ष सेप्टेम्बर महिनाको आसपासमा एक हप्तासम्म अन्तराष्ट्रिय गिद्ध सचेतना दिवश संसारभर मनाईन्छ । गिद्धको महत्व, लोप हुनुको कारण र संरक्षणका प्रयासबारे जनचेतना जगाउनका निम्ति अन्तराष्ट्रिय गिद्ध दिवस मनाइदै आएको नेपाल पन्क्षि संरक्षण संघका परियोजना अधिकृत भुपाल नेपालीले बतानु भयो ।

    नेपालीका अनुसार नेपालमा मात्रै २० वटा भन्दा बढी विभिन्न संस्थाहरुको संलग्नतामा यो दिवस मनाइदै छ । यो दिवश दक्षिण अफ्रिकामा सन् २००५ देखि नै मनाईदै आएको “राष्ट्रिय सचेतना दिवश” बाट बिकसित भई सन् २००९ बाट अन्तराष्ट्रिय दिवशको रुपमा मनाउन थालिएको हो । दिवसका अवसरमा पर्यावरणका बिषयमा तिज गित प्रतियोगीता पनि राखीएको छ ।

     

     

  • १३ भाद्र २०७५, बुधबार ११:२७ प्रकाशित
  • Nabintech
    सम्बन्धित