तुलसीपुर, १५ भदौ । बलत्कारपछि हत्या गरिएकी कन्चनपुरकी १३ वर्षिय बालिका निर्मला पन्तको हत्यारा पक्राउका लागि दबाब स्वरुप तुलसीपुरमा विद्यार्थीहरुले दवाव ¥याली निकालेका छन् । तुलसीपुरमा रहेको ज्ञानदीप कलेज र ज्ञानज्योति माविका विद्यार्थीहरुले ‘हत्यारालाई कारबाही गर’ ‘वलत्कारीलाई फाँसी दे ’ लगायतका नारा लेखिएका प्लेकार्ड सहित वजार परिक्रमा गरेका थिए ।
उनीहरुले वजार परिक्रमा पश्चात विपी चोकमा पुगेर कोण सभा गर्दै बालबालिकाहरुको सुरक्षामा लागि प्रशासनले ध्यान दिनुपर्ने वताउँदै निर्मलाका हत्यारालाई तत्काल कारबाही गर्न माग समेत गरेका थिए । कार्यक्रममा वोल्दै विद्यार्थी शिक्षा श्रेष्ठले बालिकाको वलत्कार भएर हत्या हुँदा समेत सरकारले पहलकदमी लिन नसक्नु दुख लाग्दो कुरा भएको वताएकी थिइन् । पछिल्लो समय वलत्कारका घटनामा उल्लेख्य वृद्धि भएको वताउँदै श्रेष्ठले वलत्कारीका लागि वलियो कानुन वनाउनुपर्ने माग गरिन् । अर्की विद्यार्थी मनिषा डाँगीले महिलाहरु हरेक ठाउँमा असुरक्षित भएको भन्दै सरकारले सुरक्षा दिन नसकेको आरोप लगाइन् । विद्यार्थी हेमन्त प्रकाश वलीको अध्यक्षतामा भएको कार्यक्रममा प्रकाश वली, सुवास सुवेदी लगायतका विद्यार्थीले पनि मन्तव्य राखेका थिए । कार्यक्रमको सहजीकरण तेजकुमार वलीले गरेका थिए ।