मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

उपन्यास र चलचित्रमा अपमान गरेको भन्दै बादी समुदाय आन्दोलित
  • मार्गरेखा संवाददाता

  • दाङ, भदौ १५ । देशभरका बादी समुदाय आन्दोलित छन् । पछिल्लो समय प्रकाशित दुई उपन्यास र एउटा चलचित्रमा बादी समुदायकै अपमान गरीएको भन्दै उनिहरु आन्दोलित बनेका हुन् । उनिहरुले न्यायको माग गर्दै विभिन्न निकाय समक्ष पुगेका छन् ।

    बुक हिल्सले प्रकाशन गरेको सरस्वती प्रतिक्षाको नथिया, सांग्रीला बुक्सद्धारा प्रकाशित विवेक ओझाको ऐलानी र थमनकुमार भण्डारीको निर्माण र दिपक वलीले निर्देशन गरेको पण्डित बाजेको लौरी नामक चलचित्रमा बादी समुदायलाई नै अपमानित हुने गरी प्रस्तुत गरीएको राष्ट्रिय बादी परिषद्का अध्यक्ष केशब बादीले जानकारी दिनुभयो । ‘सविधानले ग्यारेन्टी गरेको अधिकारलाई कुण्ठित हुने गरी बादी समुदायको जुन अपमान गरीएको छ, त्यो हामीलाई सह्य छैन । हामीले न्याय खोजि गरीरहेका छौँ । कानुनी लडाईको तयारी गर्दैछौँ ।’ केशब बादीले भन्नुभयो ।

    आन्दोलनको कार्यक्रम अन्र्तगत बादी समुदायले मानव अधिकार आयोग, चलचित्र विकास बोर्ड, सञ्चार मन्त्रालय, दलित आयोग लगाएतका निकायहरुमा ध्यानाकर्षण पत्र बुझाईसकेको छ । उनिहरुले दुई उपन्यास र चलचित्रको उत्पादन, प्रचारप्रसार बन्द गर्न माग गर्दै बादी समुदायमाथी पर्न गएको चोटको क्षतिपुर्तिको माग समेत गरेका छन् । ‘ऐलानी उपन्यासका लेखक विवेक ओझाले जवाफ दिनु भएको छ, नथियाको लेखकले प्रतिक्रिया दिनुभएको छैन, चलचित्रका निर्देशक तथा निर्माता सम्पर्कमा आउनु भएको छैन ।’ केशब बादीले भन्नुभयो, ‘लेखकले माफी मागेर मात्र कहाँ हुन्छ ? यसबाट बादी समुदायको अपमानको श्रृङखला रोकिदैन, अब हामी कानुनी लडाईमा जाँदैछौँ ।’

    नथिया उपन्यासको पृष्ठभुमी भनिएको दाङका बादी समुदायले जिल्ला प्रशासनमा जाहेरी दिन खोजे पनि जाहेरी लिन नमानेको रञ्जीता बादीले बताउनुभयो । प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठले पुस्तक काठमाण्डौबाट प्रकाशन भएकाले काठमाण्डौमा नै जाहेरी दर्ता गर्न सुझाव दिदै जिल्लामा जोहेरी दिन नमानेको रञ्जीता बादीले बताउनुभयो ।

     

  • १५ भाद्र २०७५, शुक्रबार १३:३९ प्रकाशित
  • Nabintech
    सम्बन्धित