१५ भदौ सल्यान
सल्यानको छत्रेश्वरी गाउँपालिकाले स्थानीय ९ वटा कानुनहरु निर्माण गरी कार्यान्वयनमा ल्याएको छ ।
गाउंपालिकाको गाउँसभा र गाउँ कार्यपालिकाले २०७४ सालमा ५ वटा र ०७५ सालमा ४ वटा गरी ९ वटा स्थानीय कानुनहरु निर्माण गरेको हो । निर्माण भएका स्थानीय कानुनहरु संहितावद्ध गरी गत श्रावण १५ गते देखि नै पूर्ण रुपमा कार्यान्वयनमा ल्याएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्ली खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार स्थानीय सरकार सन्चालन ऐन २०७४ को दफा १०२ बमोजिम छत्रेश्वरी गाउँपालिकाले आफ्नो क्षेत्राधिकार भएका विषयहरुमा ऐन नियम कार्यविधी निर्माण कार्यलाई निरन्तरता दिईएको उहाले बताउनु भयो ।
उक्त कानुन निर्माण पश्चात कार्यान्वयनमा ल्याउन र कानुनी वैधानिकता पुष्टि गर्न स्थानीय सरकार सन्चालन ऐनका दफा १०२ उपदफा ३ ९१० बमोजिम छत्रेश्वरी राजपत्र पनि प्रकाशन गरिएको छ । गाउँपालिकाले आफ्ना काम कारवाहीमा दोहोरोपन नल्याउन र अधिकार, दायित्व र जिम्मेवारीको कानुनी व्यवस्थापनको लागि कार्यविभाजन नियमावली, आफ्ना कामको प्रभावकारिता अभिवृद्धिका लागि कार्यसम्पादन नियमावली, गाउापालिका स्तरको शिक्षा व्यवस्थापनका लागि शिक्षा व्यवस्थापन तथा सन्चालन कार्यविधी, न्याय सम्पादन सम्वन्धी कार्यविधी तथा विपद जोखिम न्युनीकरण तथा व्यवस्थापन सम्वन्धी कार्यविधी जस्ता कानुन पारित गरी स्थानीय छत्रेश्वरी राजपत्रमा समेत प्रकाशन गरिएको छ ।
राजपत्र प्रकाशनमा ल्याए संगै गाउँपालिकाले गर्ने सम्पुर्ण काम काजहरुमा सहजता भएको अधिकृत खड्काले जानकारी दिनुभयो ।उहाले गाउपालिकाले गर्ने सम्पुर्न काम हरु राजपत्रमा ब्यबस्था भय बमोजिम हुने गरेको बताउनु भयो।