मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

रोटरि क्लब द्वारा ६ सय बिधार्थी र अभिभावकलाइ लाई जुगाको औषधि बितरण
  • मार्गरेखा संवाददाता


  • तुलसिपुर भदौ १८
    रोटरि क्लब अफ तुलसिपुर सिटिले सोमबार एक कार्यक्रमका बिच ६ सय जनालाई निशुल्क औषधि बितरण गरेको छ ।तुलसिपुर उपमहानगरपालिका ७ मा रहेको श्री बालकल्याण प्राथमिक बिधालयका बिधार्थी र अभिभावकलाई पुग्ने गरि जुकाको औषधि बितरण गरेको हो ।समाजिक सेवामा महत्त्वपूर्ण भुमिका खेल्दै आएको रोटिरि क्लब अफ तुलसिपुर सिटिले अधिकास दलित,जनजाति तथा निम्नआय श्रोत भएका बिधार्थिहरु अध्ययन गर्ने बिधालयको पहिचान गरेर आज जुकाको औषधि र प्राथमिकउपचारका लागि आबश्यक पर्ने सामाग्री बितरण गरेको हो ।
    रोटरि क्लब अफ तुलसिपुर सिटिका अध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा पुर्व अध्यक्षहरु कुसल तर्ताल,बिमल रिजाल ,बिधालयका प्रधानाध्यापक नन्द राज शर्मा ,रिपोर्टस क्लब दाङका अध्यक्ष शरद रेग्मी ,भाबि अध्यक्ष देववहादुर केसि,उपाध्यक्ष यज्ञबहादुर केसि,लगायतकाले बोल्नुभएको थियोे ।कार्यक्रममा निवर्तमान अध्यक्ष तुफानबाबु श्रेष्ठले स्वागत गर्नुभएको थियो भने कार्यक्रमको सहजिकरण महासचिव बिनिल केसिले गर्नुभएको थियो ।

  • १८ भाद्र २०७५, सोमबार १८:०० प्रकाशित
  • Nabintech
    सम्बन्धित