मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

अख्तियार प्रमुखमा नविन घिमिरे सिफारिस, नियुक्ति सुनुवाइपछि
  • मार्गरेखा संवाददाता

  • काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा नविनकुमार घिमिरे सिफारिस भएका छन् । संवैधानिक परिषदको बुधबार बसेको बैठकले कार्यवाहक प्रमुख आयुक्त घिमिरेलाई प्रमुख आयुक्तमा सिफारिस गर्ने निर्णय गरेको हो ।
    बैठकमा प्राकृतिक स्रोत तथा वित्त आयोगको अध्यक्ष तथा सदस्यहरुको नियुक्तिको विषयमा पनि छलफल गरिएको परिषदका सदस्य एवम् राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जानकारी दिए ।
    प्रमुख आयुक्तमा सिफारिस भएका घिमिरेको नाम संसदीय सुनुवाई विशेष समितिले अनुमोदन गरेपछि राष्ट्रपतिबाट प्रमुख आयुक्तमा नियुक्त गर्ने संवैधानिक व्यवस्था रहेको छ । घिमिरे २०७१ सालमा अख्तियारको आयुक्तमा नियुक्त भएका थिए । तत्कालीन प्रमुख आयुक्त दीप बस्न्यातलाई सर्वोच्च अदालतले अयोग्य ठहर गरेयता दोस्रो वरियतामा रहेका घिमिरेले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यवाहक प्रमुख आयुक्तको जिम्मेवारी सम्हाल्दै आएका छन् ।

  • २० भाद्र २०७५, बुधबार १३:३९ प्रकाशित
  • Nabintech
    सम्बन्धित