मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

नेपालगन्जमा सुचनाको हक तथा कानुनी ब्यवस्था बारे अभिमुखिकरण
  • मार्गरेखा संवाददाता

  • सुचनाको हक तथा कानुनी ब्यवस्थाबारे आज नेपालगन्जमा अभिमुखिकरण गरिएको छ ।
    युएनडिपिको सहयोगमा बास नेपालगन्जद्धारा सञ्चालीत सामाजिक सद्भाव तथा सामुदायिक सुरक्षा सुदृढीकरण परियोजना अन्तरगत सो अभिमुखिकरण सम्पन्न भएको हो ।
    कार्यक्रम अन्तरगत सुचनाको हक र कानुनी ब्यवस्थाका विभिन्न बिषयमा बासका कार्यकारी निर्देशक नमस्कार शाह र उप निर्देशक हेमराज भट्टले सहजिकरण गरेका थिए । अभिमुखिकरणमा सुचनाको सहका विषयमा भएका प्रयासहरुका बारेमा तयार पारिएको श्रब्य दृष्य प्रश्तुत गरिएको थियो । बासका कार्यक्रम संयोजक शम्भु शाहीले सञ्चालन गरेको कार्यक्रममा बासद्धारा सञ्चालित सामाजिक सद्भाव तथा सामुदायिक सुरक्षा सुदृढीकरण परियोजना अन्तरगत नेपालगन्ज उपमहानगरपालिकामा गठित सामाजिक सदभाव मुल समिति, महिला समिति, युवा समिति, सामाजिक शिक्षकहरुको समिति, त्रिभुबन चौक स्तरीय समिति, वडा नं. २० स्थित गठित समिति लगायत समितिका पदाधिकारीहरुको सहभागिता रहेको थियो । सामाजिक सदभाव समितिका पदाधिकारीहरुलाई सुचनाको हकका बारेमा जानकारी गराउने र उनीहरुलाई सुचनाको हक प्रयोगमा अग्रसर हुन उत्प्रेरित गर्ने उद्धेश्यले सो अभिमुखिकरण कार्यक्रम गरिएको हो । अभिमुखिकरण पश्चात बोल्दै सहभागि तथा युवा समितिका सचिब साहिल अन्सारीले अभिमुखिकरणबाट सुचनाको हकका बारेमा जानकारी हासिल भएको बताए । उनले सिकेको कुरालाई ब्यवहारिक रुपमा लागु गर्ने प्रतिबद्धता गरे । यसैगरी अर्का सहभागि सबनम प्रबिणले सुचना माग गर्दा हुने फाईदाको बारेमा जानकारी नभएको भन्दै अभिमुखिकरणले सुचनाको हकको प्रक्रिया, फाईदा, उजुरी तथा सजाय लगायतका बिषयमा प्रष्ट भएको बताईन् । उनले सुचनाको हक प्रयोगमा उत्प्रेरीत गरेको बताईन् । कार्यक्रमका सहभागिहरुले सार्वजनिक महत्वको सुचना माग गर्ने प्रतिबद्धता गरेका छन् ।

  • २० भाद्र २०७५, बुधबार १८:०७ प्रकाशित
  • Nabintech
    सम्बन्धित