मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

पुस्तकालयमाथि नेकपाको गिद्वे नजर ः नेका क्षेत्रीय सभापति खत्री
  • मार्गरेखा संवाददाता

  • ज्ञानोदय सामुदायिक पुस्तकालय तथा श्रोत केन्द्र कोहलपुरलाई राजनीतिक गिद्वे नगर नलागाउन नेकपालाई नेपाली काँग्रेस बाँके क्षेत्र नं. १ का क्षेत्रीय सभापति माधवराम खत्रीले आग्रह गरेका छन् ।
    विधीको शासन र लोकतान्त्रिक मूल्यमान्यता भन्दा बाहिर गएर दुई तिहाई सरकार भएको उदाङ्गो दम्भ नदेखाउन उनले नेकपा सम्बद्व नेतृत्वकर्ताहरुलाई चेतावनी दिएका छन् । पुस्तकालयको १७ औं साधारण सभा नेपालको प्रचलित कानुन बमोजिम सम्पन्न भई नयाँ नेतृत्व चयन भइसकेको अवस्थामा बन्द कोठामा स्वार्थपूर्तीका लागि पुस्तकालयको नयाँ नेतृत्व चयन गरेको भन्ने गलत र भ्रामक प्रचारबाजीले अन्ततः नेकपा सम्बद्व नेतृत्वकर्ताहरुले ठुलो नोक्सानी व्यहोर्नुपर्ने उनको भनाई छ । ‘लोकतान्त्रिक पद्वती अनुसार पुस्तकालयको विधान सम्मत रहेर १७ औं साधारण सभाबाट नयाँ नेतृत्व चयन भइसकेको अवस्थामा पुनः पुस्तकालयको कार्यसमितिको चयन गरेको भ्रामक सूचना प्रवाह गर्नु विधीको शासनमाथि ठुलो प्रहार गर्ने काम भएको छ’ उनले भने ‘दुई तिहाई सरकारको दम्भले पुस्तकालयमा हस्तक्षेप गरे नेपाली काँग्रेस आवश्यक कदम चाल्न तयार रहेको सबैमा जानकारी गराउन चाहन्छ ।’ संस्थाका निवर्तमान पदाधिकारीहरु तथा कर्मचारीहरु एवम् अधिकांश पुसतकालय सदस्यहरुलाई जानकारी नदिएरै सुनियोजित रुपमा सम्पन्न गरिएको साधारण सभा आफैमा अवैधानिक हुने भएकाले आइतबार कोहलपुरको एक होटलमा नाटकिय रुपमा आयोजना गरिएको सामान्य बैठकलाई साधारण सभा मान्न नसकिने उनले जिकिर गरेका छन् । यस अघि नेकपा सम्बद्व पक्षले पुस्तकालयलाई विवादमा लयाउन कुने कसर बाँकी नराखेकाले विशुद्व सामाजिक संस्थाको गरिमालाई आँच पु¥याउन खोज्ने जो कोही पनि अपराधिक मानसिकबाट ग्रस्त रोगी हुने उनको टिप्पणी छ ।

    नेकपा सम्बद्व नेतृत्वकर्ता यो अनुचित कदम तत्काल नसच्याँए नेपाली काँग्रेसले कोहलपुर नगरपालिका कार्यालबाट समानान्तर कमिटी घोषणा गरेर नेकपाको अधिनायकबादका विरुद्वमा तत्काल प्रतिवाद गर्न बाध्य हुने उनको भनाई छ । कोहलपुर नगर क्षेत्रबाट नेकपाको अधिनायकबाद र दुई तिहाईको दम्भका विरुद्वमा कठोर कदम चालेर गलत प्रवृत्ती हावी हुन नदिने क्षेत्रीय सभापति खत्रीको भनाई छ ।

  • १ आश्विन २०७५, सोमबार २०:४६ प्रकाशित
  • Nabintech
    सम्बन्धित