मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

नेकपा केन्द्रीय सचिवालयबाट किन माधव नेपालको माग पूरा भएन
  • मार्गरेखा संवाददाता

  • सोमबारको बैठकमा बरिष्ठ नेता माधवकुमार नेपालको असन्तुष्टिदेखि प्रवक्ता श्रेष्ठले उठाएका नीतिगत विषयमा समेत लामो छलफल भएको स्रोतले जनाएको छ ।

    आइतबारको बैठकमा बामदेव गौतमले आफ्नो असन्तुष्टि पोखेका थिए । सो बैठकले सांसद रामवीर मानन्धरको राजीनामा अस्वीकृत गरेको थियो ।

    सोमबारको बैठकमा नेताहरुका असन्तुष्टि र नीतिगत रुपमा उठाएका प्रश्नहरुलाई गम्भीरतापूर्वक लिने र आगामी दिनमा सच्याउँदै अघि बढ्ने प्रतिवद्धता अध्यक्षद्धयले व्यक्त गरेका थिए । बैठकमा विशेषतः अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैलीप्रति नेताहरुको असन्तुष्टि थियो ।

    प्रदेश इञ्चार्ज तोक्ने निर्णय सदर

    अघिल्लो सचिवालय बैठकले सात प्रदेशका इञ्चार्ज, सहइन्चार्ज, अध्यक्ष र सचिव चयन गरेको निर्णयमा माधव नेपालले लिखित असहमति जनाएका थिए । उनले सो निर्णय फिर्ता लिनुपर्ने र मापदण्ड बनाएर सच्याउनुपर्ने प्रस्ताव राखेका थिए ।

    तर, आइतबार र सोमबार बसेको बैठकले प्रदेश कमिटी गठनसम्बन्धी निर्णयलाई भने उल्ट्याएन ।

    माधव नेपालले राखेको लिखित प्रस्तावमा गम्भीर छलफल भएको र आगामी दिनहरुमा कमजोरी सच्याउने प्रतिबद्धता आएको बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।

    पार्टीका विभिन्न कमिटीहरुको एकीकरण र जनवर्गीय संगठनहरुको एकताबारे छलफल गर्न बुधबार सचिवालयको बैठक पुनः बस्ने भएको छ । सो बैठकले एकताको प्रस्ताव तयार पारेर कात्तिक १२ र १३ गते बस्ने बस्ने स्थायी कमिटी बैठकमा पेश गर्ने तयारी छअनलाइनखबरबाट

  • ६ कार्तिक २०७५, मंगलवार ०६:४६ प्रकाशित
  • Nabintech
    सम्बन्धित