मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

बर्दियाको खैरापुरस्थित हुलाकी सडक नजिक बस पल्टियो : एक जनाको मृत्यु, १५ घाइते
  • मार्गरेखा संवाददाता

  • बर्दियामा बिहीबार बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । सदरमुकाम गुलरियादेखि गेरुवा गाउँपालिकाको सरखोल भटोरातर्फ गहिरहेको ना ३ ख ८५५४ नम्बरको बस गुलरिया नगरपालिका १ खैरापुरस्थित हुलाकी सडक नजिक दुर्घटना भएको हो ।

    दुर्घटनामा बर्दियाको माछागढ बस्ने ४५ वर्षीय कर्णबहादुर सुनारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक सुरेन्द्रप्रसाद मैनालीले जानकारी दिए । दुर्घटनामा १५ यात्रु घाइते भएका छन् ।

    ३२ यात्रु सवार बस अनियन्त्रित भएर पल्टिएको प्रहरीको अनुमान छ  । घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर छ । उनीहरुलाई उपचारका लागि नेपालगञ्ज पठाइएको छ ।

    अन्य १० घाइतेको भने जिल्ला अस्पताल गुलरियामा उपचार भइरहेको छ ।

  • ६ मंसिर २०७५, बिहीबार १५:५२ प्रकाशित
  • Nabintech
    सम्बन्धित