मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

काँग्रेस नगर सचिवको पसलमा चोरी
  • मार्गरेखा संवाददाता

  • रातको समयमा कोहलपुर नगर क्षेत्रमा चोरी गर्ने समूहहरु सक्रिय हुन थालेका छन् । विहिवार विहान कोहलपुरको न्यूरोडमा रहेको एक कपडा पसलबाट नगद र न्यानो कपडाका सेटहरु चोरी भएका छन् । नेपाली काँग्रेस कोहलपुर नगर समिति सचिव तथा युवा व्यवसायी भुम बहादुर भण्डारीले सञ्चालन गर्दै आएको न्यू इरा सपिङ्ग हाउसमा बुधवार विहान २ः३३ बजेको समयमा पसल चोरी भएको भण्डारीले बताए ।
    भण्डारीको पसल बाहिर राखिएको सिसि क्यामरामा राती करिब २ः३३ बजे चोरी भएको दृष्य कैद भएको पसल संचालन भण्डारीले जानकारी दिए ।
    केही दिन अगाडी मात्रै पसलमा जाडो सिजनकालागि न्यानो कपडाहरु ल्याईएको बताउँदै भण्डारीले भने, ‘नगद रु. १२ हजार र न्यानो कपडाका सबै सेटहरु चोरी भएका छन ।’ भण्डारीका अनुसार करीब १ लाख ५० हजार बराबरको सामान चोरी भएको छ ।

  • ६ मंसिर २०७५, बिहीबार १६:३३ प्रकाशित
  • Nabintech
    सम्बन्धित