मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

कोहलपुर नगर बिकाश समितीका अध्यक्ष अवराज खड्कालाई चुनौती आरोप पुष्टि गर सांसद पद छोड्न तयार छु सांसद पुर्णा सुवेदी
  • मार्गरेखा संवाददाता

  • नेकपाका नेता पुर्णा कुमारी सुवेदीले कोहलपुर बसपार्कका विषयमा आफुलाई लक्षित गरेर लेखिएको समाचार र लगाइएको आरोप प्रति आपत्ती ब्यक्त गरेकी छन् । मंसिर ६ गते काठमाडौंवाट प्रकाशित एक पत्रिकामा करौडौंको सरकारी जग्गामा सांसदको आँखा भन्ने शिर्षक राखेर समाचार छापिएको थियो । उनले सो समाचारप्रति आफ्नो गम्भीर ध्यान आकर्षण भएको जनाएकी छन् । सिमित व्यक्तिको निहित स्वार्थका कारण आफ्नो व्यक्तिगत चरित्र हत्या गर्ने मनसायले मात्र उक्त समाचार आएको ठहर रहेको भन्दै उनले आरोप प्रमाणित गर्न चुनौती दिएकी छन् ।

     

    शुक्रवार विज्ञप्ती जारी गर्दै कृषि सहकारी तथा प्राकृतिक श्रोत समिति सभापति समेत रहेकी सुवेदीले आफ्नो राजनितिक जिवन समाप्त पार्ने षडयन्त्र स्वरुप सो भनाई आएको उल्लेख गरेकी छन् ।  नगर बिकास समिति कोहलपुरका अध्यक्ष तथा नेपाल कम्युनिष्ट पार्टीका नेता अवराज खड्काले समाचारमा समितिको निर्णय भनि दिएको प्रतिक्रियासँग मेरो कुनै सम्बन्ध नरहेको प्रष्ट पार्न चाहन्छु । मैले मानवीय संवेदनामा आधारित भएर संसदको सून्य समयमा उक्त जग्गामा बसोबास गरिरहेकाहरुको उचीत बैकल्पिक व्यवस्था गरिनुपर्ने माग राखेकी हुँ । संसदमा बोलेको उक्त तथ्यलाई तोडमोड गरेर सञ्चार माध्यममार्फत भ्रम छर्ने, घटनालाई कल्पनाका फूलबुट्टा भरेर अतिरञ्जित बनाउने काम कदापी शोभनीय हुन सक्दैन, विज्ञप्तीमा भनिएको छ ।

    उनले अर्कालाई आरोप लगाउनु अघि नगर बिकास समितिका अध्यक्ष खड्कालाई आफ्नो बिगत र बर्तमान नियाल्न समेत आग्रह गरेकी छन् । खड्कालाई ठेक्का पट्टाको रेट आफै निर्धारण गर्ने, अध्यक्ष खड्कालाई प्रति परिवार एक लाख रुपैयाँ उठाएको र त्यो रकम मलाई दिइएको भन्ने आरोप पुष्टि गर्न म चुनौति दिन्छु उनले विज्ञप्तीमा उल्लेख गरेकी छन् । उनले उक्त आरोप पुष्टि गरे आफु सांसद पदबाट राजिनामा दिई जस्तो पनि सजाय भोग्न तयार रहेको बताएकी छन् । साथै, उनले उक्त आरोप लगाउने खड्कालाई लागेका आरोप प्रमाणित गर्न र कानूनी दायरामा आउन चेतावनी दिएकी छन् ।

    कोहलपुर बसपार्कमा बिगत ३० बर्षदेखि बसोबास गर्दै आएकाहरुले नेता सुवेदीको आडमा सरकारी जमिन हडपेर बसेको भन्दै नगरविकास समितिका अध्यक्ष खड्काले सुवेदीलाई विकास विरोधीको संज्ञा दिएका थिए । उनले नेता सुवेदीलाई कोहलपुर बसपार्कमा बसेकाहरुवाट प्रति घर एक लाख रुपैया उठाएर लिएको आरोप समेत लगाएका थिए । सुवेदीले सो आरोप पुष्टि गर्न चेतावनी दिएकी छन् ।

    उनले जनताको मानवीय संवेदनाका बिषयमा मात्र आफुले संसदमा बोलेको बताएकी छन् । सो सम्बन्धमा मैले संसदको सून्य समयमा व्यक्त गरेको बिचार पुन सबैले सुनेर मात्र धारणा बनाउनु हुन समेत अनुरोध छ । नगर बिकास समितिको जग्गा सम्बन्धमा भै रहेको बिवाद समाधान हेतु सत्य तथ्य उजागर गर्न पहल होस् भनेर म यसै प्रेस विज्ञप्ति मार्फत नागरिक समाज, राज्यका नियमक निकाय तथा हाम्रो पार्टी नेकपालाई अनुरोध गर्दछु विज्ञप्तीमा उल्लेख गरिएको छ ।

  • ८ मंसिर २०७५, शनिबार ०७:५६ प्रकाशित
  • Nabintech
    सम्बन्धित