कोहलपुर नगरपालिका उप–प्रमुख तथा न्यायिक समिति संयोजक सञ्जु कुमारी चौधरी यतिवेला हरेक दिन वडा स्तरमा आयोजना हुने लैङ्गिक हिंसा विरुद्वको अभियान अन्र्तगतको अन्तरक्रियामा व्यस्त हुने गरेकी छिन् ।
लैङ्गिक हिंसा विरुद्वको १६ दिने अभियानलाई नगरपालिकाले पनि अभियानकै रुपमा विविध कार्यक्रम गरेर मनाउने निर्णय भएसँगै नगरपालिका अन्र्तगतको महिला विकास शाखाका प्रतिनिधी सहित हरेक दिन २ वटा वडाले संयुक्त रुपमा आयोजना गर्ने अन्र्तक्रिया कार्यक्रममा सहभागिहरुलाई कानुनमा उल्लेख भएका कानुनी व्यवस्था र लैङ्गिक हिंसाको पछिल्लो अवस्थाबारे सचेतना सहित अन्तरक्रियामा सहभागिहरुका समस्या र अवस्थाबारे प्रत्यक्ष रुपमा जानकारी लिन अन्र्तरक्रिया कार्यक्रमलाई अभियानकै रुपमा अगाडी बढाइएको उप–प्रमुख चौधरीको भनाई छ ।
अन्तरक्रियामा महिलामात्र सहभागी नगराई पुरुषहरुको सहभागितालाई पनि जोड दिएका छौ । अहिले चलिरहेको अभियान लिंगको आधारमा हुने विभेद र हिंसा न्यूनिकरणमा लक्षित भएकाले महिला तथा पुरुषहरुको सहभागितालाई जोड दिइरहेका छौं, उप–प्रमुख चौधरीले भनिन् । हरेक दिन फरक फरक वडामा हुने अन्तरक्रिया कार्यक्रममा कानुन तथा अधिकारकर्मीहरुको प्रशिक्षण तथा सहजिकरणमा भइरहेको छ । जसले गर्दा आम नागरिकमा सचेतना दिन प्रभावकारी माध्यम अन्तरक्रिया बनिरहेको उप–प्रमुख चौधरीको भनाई छ ।
अभियान अन्र्तगत २ वटा वडा गरेर नगर क्षेत्रका सबै वडाहरुमा अन्तरक्रिया संयुक्त आयोजना भइरहेको र अभियानको अन्तिम दिनअन्तरक्रिया तथा वृहत रक्तदान कार्यक्रम आयोजना गरेर अभियानलाई भव्य रुपमा मनाउने कार्यक्रम रहेको उनको भनाई छ ।