मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

श्रृंखलाबद्व चोरी बढेपछि व्यवसायीहरु त्रसित
  • मार्गरेखा संवाददाता

  • पछिल्लो समयमा कोहलपुर नगर क्षेत्रमा देखिएका श्र्रंखलाबद्व चोरीका घटनाबाट त्रसित बनेका स्थानीय व्यवसायीहरु बुधवार विहान न्यूरोड चोकमा रहेको पप लाइफ इलोक्ट्रोनिक्स पसलमा भएको चोरीको घटनापछि असुरक्षित महसुस गरेका छन् । पछिल्लो १ महिनाको अवधमिा नगरक्षेत्रमा १० वटा पसलहरुमा चोरी भएको उद्योग वाणिज्य संघ कोहलपुरका अध्यक्ष चक्र बहादुर अधिकारीले बताएका छन् । कोहलपुर उद्योग वाणिज्य संघका उपाध्यक्ष एव्म पप लाइफ सञ्चालक प्रदिप भट्टराईको पसलमा बुधवार विहान २ः३० बजेतिर सटरको ताला फोडेर ७ लाख ५० हजार बराबरका ३५ वटा विभिन्न ब्राण्डका मोवाइल सेटहरु चोरी भएपछि स्थानीय व्यवसायीहरुले असुरक्षित महशुस गरेको व्यवसायी उमेश उप्रेती बताउँछन् । इलाका प्रहरी कार्यालय रहेको स्थानबाट चोरी भएको स्थान बढिमा १ सय ५० मिटरको दुरीमा छ, प्रहरी कार्यालयको नजिकै चोरी भएपछि नगर क्षेत्रका अन्य स्थानका व्यवसायीहरुको अवस्था कस्तो होला ? व्यवसायी उप्रेतीले प्रश्न गरे । इलोक्ट्रोनिक्स तथा मोवाइल व्यवसायी संघ कोहलपुरका अध्यक्ष रमणी प्रसाद शर्माले कोहलपुर क्षेत्रमा पछिल्लो समयमा चोरीका घटनाहरुले श्रृंखलाबद्व रुप लिने क्रम बढेसँगै प्रहरी चनाखो हुनुपर्ने बताउँछन् । उनका अनुसार पछिल्लो समयमा कोहलपुर क्षेत्रका ७ वटा मोवाइल पसलहरुमा चोरी भएका छन् । व्यवसायिक मात्र नभई शान्ति सुरक्षाको प्रत्याभूती स्थानीय सरकार र प्रहरीबाट हुन नसकेको भन्ने आम व्यवसायीको धारणा बन्दै गइरहेको छ, यस्तो अवस्थामा प्रहरीको विशेष सुरक्षा रणनीति कोहलपुरका लागि आवश्यक छ । उनले भने ।


    यता पसल चोरी भएपछि उद्योग वाणिज्य संघका उपाध्यक्ष तथा व्यवसायी भट्टराई ढुक्कसँग व्यवसाय सञ्चालन गर्न पछिल्ला समयका चोरीका घटनाहरुले चुनौती थपिदिएको बताएका छन् । व्यवसायिक सुरक्षाको प्रत्याभूती प्रशासनबाट हुन नसकेको खण्डमा व्यवसाय धरापमा पर्ने उनको भनाई छ । आम व्यवसायीहरु शान्तिपूर्वक र ढुक्कसँग व्यवसाय सञ्चालन गर्न ठुलो चुनौती थपिएको छ । जसले गर्दा व्यवसायिक क्षेत्रमा लगानी गर्ने लगानीकर्ता हतोत्साही हुने अवस्था कोहलपुरमा देखिएको भन्दै उनले चिन्ता व्यक्त गरे । प्रहरीको सुरक्षा रणनीति प्रभावकारी बन्न नसक्दा चोरीका घटनाहरुले प्रश्रय पाउँदै गएको उनको धारणा छ । विशेष सुरक्षा रणनीति प्रहरीले प्रयोगमा नल्याउँदासम्म शान्ति सुरक्षा कायम हुन मुस्किल हुने उनको भनाई छ ।

  • २६ मंसिर २०७५, बुधबार १४:४७ प्रकाशित
  • Nabintech
    सम्बन्धित