बाके जिल्लाका बिभिन्न विद्यालयका माध्यामिक तहका विद्यार्थीहरुलाई मानव बेचविखनको विरुद्ध तिन दिवशिय तालिम दिईएको थियो । मानव बेचबिखन बिरुद्ध बिध्यर्थी मार्फत बिध्यालय एवं समुदाय स्तर सम्म चेतना अभिबृद्धि गर्ने उद्धेश्यले माइती नेपालले तालिमको आयोजना गरेको थियो तालिमको सहजीकरण गर्दैै माइती नेपाल नेपालगंजका कार्यक्रम संयोजक केशव कोइरालाले मानव वेचविखनको वर्तमान अवस्था तथा माइती नेपालले मानव वेचविखनका विरुद्धमा गर्दै आएका कार्यक्रमका बारेमा सहजीकरण गरेका थिए भने आधिकार कर्मी कमला पन्तले आन्तरीक तथा वाह्य बसाइसराईका बारेमा सहजीकरण गरेकी थिइन । पत्रकार महासंघका निवर्तमान अध्यक्ष रुद्ध सुवेदीले मानव वेचविखनका विरुद्धमा मिडियाले खेल्ने भुमिका बारमा सहजीकरण गरेका थिए भने युवा अभियान्ता आशिष वर्माले मानव वेचविखनका विरुद्धमा विद्यार्थीहरुको भुमिका वारेमा सहजीकरण गरेका थिए यसै गरी माइती युवा संजाल बाकेका पे्रस सल्लाकार मधु पौडेलले मानव वेचविखन हुन सक्ने स्थान ,तौरतरीका ,प्रयोजन तथा कारणका बारेमा सहजीकरण गरेका थिए । तालिमको वारेमा प्रतिकृया दिदै सहभागि मनिराम गौतमले तालिम निकै सान्दर्भिक रहेको तथा आफुले पहिलो तालिमका रुपमा लिएको बताए त्यस्तै सहभागिहरु देवयाति अधिकारी , सौगात खत्री , पवन गुरुङ , स्वयता कुमारी बैश्य लगायतले मानव बेचबिखन एक निकृष्ट अपराध हो र यसका बिरुद्ध हामी सबै मिलेर लाग्नु पर्दछ तालिमले हामी लाई धेरै कुरा सिकायको छ जुन आगामी दिनमा हामी मानव बेचबिखन बिरुद्धको अभियान संचालन गर्नका लागि ज्ञान एवं प्रेरण दायी हुने छ भनि भनेका थिय पौष ११ गते देखी सुरु भएको उक्त तालिमको समापन गर्दै माइती नेपाल नेपालगंजका कार्यक्रम संयोजक कोइरालाले माइती नेपाल नेपालगंजले मानव वेचविखन सम्वन्धी विभिन्न कार्यक्रम अन्तर्गत विद्यालयका विद्यार्थीहरुको सहभागितामा भएको कार्यक्रम निकै प्रभावकारी बताए । कार्यक्रममा माइती नेपालका रन्जना रिमाल समेतले मानव बेचबिखनका लागि भएका प्रयासका वारेमा अन्तक्रीया गर्नु भएको थियो ।
मानव बेचविखनमा २००६ साल यता सीमापार यौन शोषण तथा श्रम शोषण र अंग बेचविखनका लागि हुने गरेको तथाङक बाकेमा आयोजना गरेको एक तालिममा बताइएको छ ।
१९९० देखी २००६ सम्मको रेकर्डलाई हेर्दा सीमापार साथै डान्स बार,क्याविन रेष्टुरेन्ट ,मसाज पार्लर जस्ता ठाउँहरुमा यौन शोषणका लागि बढ्दो आन्तरीक बेचविखन भएता पनि वर्तमान अवस्थामा यौन शोषण तथा अन्य प्रयोजनका लागि वैदेशिक रोजगारकी क्रममा श्रम शोषण र अंग बेचविखन हुने गरेको पाइएको हो ।माइती नेपाल नेपालगंजले तिन दिन सम्म बाके जिल्लाका विभिन्न सामुदायिक विद्यालयका विद्यार्थीहरुको सहभागितमा तालिम दिने क्रममा उक्त कुरा बताइएको हो ।