बर्दिया प्रहरीले अवैध हतियार कटुवा पेस्तोल सहित एक भारतिय नागरिकलाई पक्राउ गरेको छ ।
हातहतियारको कारोवार गरिरहेको भन्ने गोप्य सूचनाका आधारमा भारत बहराईच जिल्ला नानपारा ग्राम चित्लहवाका २० बर्षिय सलमान खानलाई आईतवार पक्राउ गरेको हो । खानलाई जिल्ला प्रहरी कार्यालय बाट खटिएको टोलिले गुलरिया नगरपालिका वडानम्वर —१० कालावन्जार गडरिया चौकबाट पक्राउ गरेको हो ।
खानको साथबाट प्रहरीले १थान कटुवा पेस्तोल ,त्यसमा लाग्ने गोली १ थान र भारतिय र नेपाली गरि नगद २९ हजार ६सय ९६ रुपैया समेत वरामद गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरिक्षक सुरन्द्रर प्रसाद मैनालीले वताए । खानको साथबाट भारतिय नम्बर प्लेटको मोटरसाईकल र लागुऔषध जस्तो देखिने खैरोपदार्थ ३ ग्राम वरामद गरेको प्रहरीले जनाएको छ । पक्राउ भएका खानलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय बर्दियामा राखिएको छ ।