कोहलपुर नगरपालिकाकी उपप्रमुख सञ्जुकुमारी चौधरीले अशक्त, विपन्न र अपांगता भएका व्यक्तिहरुलाई न्यानो कपडा वितरण गर्नुभएको छ ।नगरपालिकाका १५ वटै वडाका १५/१५ जना अशक्त, विपन्न र अपांगता भएका व्यक्तिहरुलाई न्यानो कपडा वितरण गर्नुभएको हो । आफूले पाएको सुविधाले न्यानो कपडा किनेर उनीहरुलाई वितरण गरेको उपप्रमुख चौधरीले बताउनुभयो । चिसो बढ्दै गएकाले गरिब दुःखीलाई राहत मिलोस् भन्ने उद्देश्यले आफूले न्यानो कपडा वितरण गरेको चौधरीले बताउनुभयो ।‘मैले आफ्नो सामाजिक उत्तरदायित्व सम्झेर आफूले पाएको सुविधाको सामाजिक कार्यमा लगाउने उद्देश्यले यो काम गरेको हुँ,’ उहाँले भन्नुभयो । आफू सधै अशक्त, विपन्न र अपांगता भएका ब्यक्तीलाई गर्नुपर्ने आफ्नो दायित्व प्रति सकारात्मक भएको र निरन्तर यस्ता कार्यमा लागि रहने बताउनुभएको छ ।