मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

बाँकेकाे नरैनापुरमा १ अब ८ कराेडकाे लागतमा क्रिकेट मैदान निमार्ण हुने
  • मार्गरेखा संवाददाता

  • बाँकेको  नरैनापुर गाउँपालिका वडानं २ को अलिनगरमा अन्तराष्ट्रियस्तरको क्रिकेट रंगशाला निर्माणका लागि शिलन्यास गरिएको छ ।
    प्रदेशनं. ५ सरकारको एक स्थानीय तह एक रंगशाला निर्माण गर्ने योजना अनुसार नरैनापुरमा अन्तराष्ट्रिय स्तरको अत्याधुनिक रंगशाला निर्माणको लागि  अध्यक्ष  ईस्तियाक अहमद शाहले बिहीबार शिलन्यास गरेका हुन ।
    रंगशाला १ अर्व ८ करोड ५४ लाखको लागतमा सात दशमलभ १ विगाह क्षेत्रफलमा निर्माण गर्न लागिएको सो रगशालाको डिजाईन दंगिशरण कन्सल्ट दाङ्ग तुलसीपुर किर्तिपुर काठमाण्डौले तयार पारेको हो ।

    नरैनापुर गाउपालिकाका अध्यक्ष मो. इस्तियाक अहमद शाहले नरैनापुरको विकासमा प्रदेश सरकारको पहलका कारण चाँडै नयाँ रुप र गति लिने विश्वास व्यक्त गरे । उनले आफ्ना गाउपालिकाको विकासमा बाधकको रुपमा रहेको अशिक्षा र गरिबिको अन्त्य गर्न सबैको पहल हुनसके आगामी दिनमा नरैनापुरको विकासमा नयाँ फ्डको मार्ने स्पस्ट पारे ।
    उनले पहिलो चरणमा हुलाकी सडकदेखि सो रंगशाला जानको लागि करिव डेढ किलोमिटर बाटो निर्माणको लागि १७ लाख बजेट छुट्टयाईएको जानकारी दिए ।

  • १९ माघ २०७५, शनिबार १७:५७ प्रकाशित
  • Nabintech
    सम्बन्धित