मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

पत्रकार भीषण राईको पुरानो बुलेट चलचित्रकाे फस्टलुक सार्वजनिक
  • मार्गरेखा संवाददाता

  • आगामी चैत्र १ बाट प्रदर्शनमा आउने चलचित्र हो, पुरानो बुलेट । चलचित्रको प्रमोशनमा व्यस्त निर्माण टिमले हालै सो चलचित्रको फस्टलुक सार्वजनिक गरेको छ ।

    पत्रकार भीषण राईको डेब्यू निर्देशन रहेको यो चलचित्रका पोस्टरमा  मुख्य भुमिकामा देखिन लागेका अनुपबिक्रम शाही, बर्षा शिवाकोटी र माला लिम्बुलाई विशेष प्राथमिकताका साथ पोस्टरमा देखाइएको छ ।

    पोस्टरमा अनुप लामो कपाल, त्यसमाथी रुमाल र जिन्स ज्याकेटमा देखिएका छन् । चलचित्रका अधिकांस भाग पुर्वी जिल्लामा खिचिएको थियो ।

    यो चलचित्र यहि फेबु्रअरी २३ मा हङकङमा प्रिमियर गरिने निर्माण टिमले जानकारी गराएको छ ।

    कविता आले, कृष्णभक्त महर्जन, शिरोमणी दवाडी, शिव मुखिया, दिवज राई लगायतको पनि अभिनय देख्न सकिनेछ ।

    चलचित्र निकै दमदार वनेको अभिनेता अनुप विक्रम शाहिले बताए । उनले भने, ‘अघिल्ला चलचित्रको तुलनामा यो चलचित्रमा भिन्नै किसिमको मिहेनत र भुमिकामा दर्शकले देख्ख पाउनुहुनेछ ।’

    निर्देशक भीषणले सन्तोष राईसँग मिलेर यो चलचित्रको कथा तथा पटकथा लेखेका हुन् ।

     

  • २३ माघ २०७५, बुधबार १९:१४ प्रकाशित
  • Nabintech
    सम्बन्धित