मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

नेपालगञ्जकाे ‘साेल्टी वेस्टेण्ड प्रिमियर’ लाई पाँचतारेको मान्यता
  • मार्गरेखा संवाददाता

  • नेपालगञ्जकाे हाेटलफ ‘सोल्टी वेस्टेण्ड प्रिमियर’ ले पाँचतारेको मान्यता पाएको छ ।

    एक वर्षअघि सञ्चालनमा आएको उक्त होटलले पर्यटन विभागबाट पाँचतारेको प्रमाणपत्र पाएको हो ।

    नेपालकै पहिलो हरित (ग्रिन) होटल दाबी गरिएको सो होटलले प्रयोगमा ल्याएको सम्पूर्ण प्रविधि पूर्ण वातावरणमैत्री छ ।
    सोल्टी वेस्टेण्ड प्रिमियर कार्बनडाइअक्साइड न्यून मात्रामा उत्सर्जन गर्ने र कम ऊर्जा खपत गर्ने नेपालकै पहिलो होटल मानिएको छ ।
    होटलका प्रबन्ध निर्देशक इन्द्र खड्काका अनुसार बिएमएक (बिल्डिङ म्यानेजमेन्ट सिस्टम), जिरो कार्बनफुटप्रिन्ट, वातावरण अनुकूलनका लागि रेडियन्ट टेक्नोलोजीको प्रयोग, होटलबाट निस्कने फोहरलाई प्रशोधन गरी तरल पदार्थलाई पानीका रुपमा ट्वाइलेटको फलस, बगैँचा र चिलर प्लान्टलाई कुलिङ गर्नका लागि प्रयोग गरिनुका साथै ठोस वस्तुलाई प्राङ्गारिक मलका रुपमा प्रयोग गरिएको छ ।

  • २७ माघ २०७५, आईतवार २१:४३ प्रकाशित
  • Nabintech
    सम्बन्धित