मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

सशस्त्र प्रहरी वल नेपाल बार्डर आउट पोष्ट मधुवन धनौरामा स्थापना
  • मार्गरेखा संवाददाता

  • दुर्गा आचार्य
    बर्दिया,फाल्गुण,६। मधुवन नगरपालिका वडानम्वर —७ शुक्रवस्तीमा अवस्थित सशस्त्र प्रहरी वल सुरक्षा वेसलाई स्तरउन्नती गरिएको छ । २०७२ सालमा स्थापना भएकोसो वेसलाई केन्द्रको निर्णय अनुसार सशस्त्र प्रहरी वल नेपाल बोडर आउट पोष्टमा स्तरउन्नती गरिएको हो । स्तरउन्नती संगै सीमा क्षेत्रमा वस्दै आएका मधुवनवासी हर्षित भएका छन् । मधुवन धनौरा बोर्डर आउटपोष्टका लागि मधुवन नगरपालिकाले १६ कठ्ठा जमीन उपल्वध गराएको छ । मधुवन बोडर आउटपोष्टको उद्घाटन कार्यक्रममा बोल्दै बर्दियाका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुङ्गवाङ्गले देश र जनता प्रति पूर्ण वफादार भई काम गर्न अनुरोध गरेका छन् । मधुवन क्षेत्रमा लागु औषधको समस्या रहेकाले यहँका स्थानीय वासी,स्थानीय सरकार र प्रहरी संग समन्वय गरि यसलाई शुण्यमा झार्नुपर्ने कुरुङ्गवाङ्गले वताए । त्यसै गरि सीमामा हुने चोरी निकासी र पैठारीलाई पनी कडाईका साथ नियन्त्रण गर्न उनले निदैशन दिएका छन् । स्तर उन्नती संगै मधुवन धनौरी बोर्डर आउट पोष्टको थप जिम्मेवारी बढेको शसस्त्र प्रहरी वल नेपाल नम्वर ३१ गण गुलरियाका प्रमुख शसस्त्र प्रहरी उपरीक्षक गणपति कृष्ण कोईरालाले वताए । यस बोर्डर आउट पोष्टको स्तरउन्नतीका साथै यसलाई स्थायी गर्नका लागि मधुवनका स्थानीयवासी र नगरपालिकाको ठूलो भुमिका रहेको गणपति कोईरालाको भनाई छ । उनले जनता संग घुलमिल भई राज्यको ऐन नियम र निती भित्र रहि काम गर्न माताहातका कर्मचारीलाई निर्दैशन दिएका छन् मधुवन सीमामा रहेका पिलर नम्वर ६९ बाट पिलर नम्वर ७९ सम्म मात्रै हेर्दै आईरहेकोमा स्तरउन्नती भएपछि ६९ देखि ८४ नम्वर पिलरको शुरक्षा दिनुपर्नै जिम्मेवार िथपएिको छ ।

  • ६ फाल्गुन २०७५, सोमबार १०:३८ प्रकाशित
  • Nabintech
    सम्बन्धित