मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

आयोडिनयुक्त नुन खाऔं, मानशिक फुर्ती, शारिरिक शक्ति बढाऔं भन्ने मुल नारासहितको ¥याली नेपालगञ्जमा ¥याली
  • मार्गरेखा संवाददाता

  • नेपालगञज फागुन १३ गते– फेब्रुअरी महिनालाई आयोडिन महिनाका रुपमा मनाइदै आइरहेका बेला नेपालगञ्जमा पनि वीवीध कार्यक्रम गरिएका छन् । आयोडिनयुक्त नूनको थप प्रवद्र्धन गर्दै यसको कमीबाट हुने रोगलाई निवारण गर्ने ध्येयले सन् १९९८ देखि सो महिनालाई आयोडिन महिनाका रुपमा मनाउँदै आइएको छ । चिकित्सकका अनुसार खासगरी आयोडिनको कमीले गलगाड हुने गर्दछ । आयोडिनयुक्त नूनको मात्र प्रयोग गर्न सचेतना फैलाउन आज नेपालगञ्ज उपमहानगरपालिकाको आयोजनामा सचेतनामुलक ¥याली प्रदर्शन गरियो । गणेशमान चौकबाट निस्कीएको ¥याली भेरी अञ्चल अष्पताल त्रिभुवन चौक हुँदै विपी चौक पुगेर समापन गरिएको थियो । आयोडिनयुक्त नुन खाऔं, मानशिक फुर्ती, शारिरिक शक्ति बढाऔं भन्ने मुल नारासहितको ¥यालीमा स्वास्थ्य सम्वद्ध कर्मचारी, स्वास्थ्यकर्मी, नेपालगञ्ज नर्सिङ क्याम्पस, भेरी कलेज नेपालगञ्जका विद्यार्थीको सहभागिता रहेको थियो । ¥याली समापनलाई सम्वोधन गर्दै उपमहानगरपालिकाका नगर प्रमुख डा धवल शम्शेर राणाले आयोडिनयुक्त नुन प्रयोगको उपादयतासँगै यसको सहज उपलव्धतामा समेत जोड दिनु भयो । उपमहानगरपालिका स्वास्थ्य शाखाका सीनीयर अहेव हरिहर तिवारीद्धारा सञ्चालित कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालयका पोषण फोकल पर्सन जागेश्वर वस्नेत लगायतले आयोडिन नुनको प्रभावकारिता बारे बोल्नु भएको थियो । लामो समयदेखि सरकारले नूनमा आवश्यक मात्रामा आयोडिन मिलाई साल्ट ट्रेडिङ कर्पाेरेशनमार्फत देशभरि नै बिक्री वितरणको प्रबन्ध मिलाएको छ । सो रोग हाल नेपालबाट निवारण भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ । सरकारले सन् २०१८ को अन्त्यसम्ममा आयोडिनयुक्त नूनको उपभोग गर्ने घर संख्या ९५ प्रतिशत पु¥याउने लक्ष्य राखेको छ ।

  • १३ फाल्गुन २०७५, सोमबार १५:०६ प्रकाशित
  • Nabintech
    सम्बन्धित