मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

प्रादेशिक महोत्सवको उद्घाटन दिन बिशाल झाँकी प्रदर्शनी
  • मार्गरेखा संवाददाता

  • नेपालगन्ज ः प्रादेशिक महोत्सव २०७५ आउन तीन दिन मात्र बाँकी रहेको छ । मुख्य आयोजक नेपालगन्ज उद्योग वाणिज्य संघले यसपटकको महोत्सवलाई भब्य बनाउन गरेको बिभिन्न तयारी अन्तिम चरणमा पुगेको छ ।
    महोत्सव प्रचार प्रसार समितिका संयोजक टंक बहादुर धामीका अनुसार महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । बिगत गत वर्ष भन्दा यसपटक हरेक नजरमा महोत्सवमा फरक अनुभुती गराउने गरी तयारी भइरहेको छ ।
    महोत्सवको पूर्वसन्ध्यामा बिशाल झाँकी निकालिने छ । यसपटक नेपालमा नपाईने उँटलाई समेत झाँकी प्रदर्शनी गरिने छ । ‘बिभिन्न जातजाती, भाषाभाषीको अनेकता एकता झल्काउने गरी बिशाल झाँकी प्रर्दशनी गर्दैछौं ।’ धामीले भने–‘उक्त झाँकीमा उँटको समेत प्रयोग गर्दैछौ ।’
    प्रचार प्रसार समितिका संयोजक धामीका अनुसार महोत्सवमा स्टल बुकिङ्ग उत्साहजनक भएको छ । साँस्कृतिक कार्यक्रमका साथ साथै व्यापार प्रर्वद्धनमा जोड दिदै हरप्रकारका सामाग्री उपलब्ध गराउने गरी स्टलको व्यवस्था गरिदैछ ।
    साँस्कृतिक समितिका संयोजक तपेन्द्र शाहले ख्याती प्राप्त कलाकारहरुले महोत्सवमा आउने दर्शकलाई मनोरन्जन प्रदान गर्ने छ । यसपटक बिशेष चर्चित हाँस्यकलाकार सन्तोष पन्त आउँदै छन् । हिजोआजको कुराबाट चर्चित पन्त पहिलो पटक नेपालगन्जको महोत्सवमा आउँदै छन् । कलाकारका सहित ‘कल्चरल फेशन’ शो हुने भएको छ । गत वर्षको महोत्सवमा एक्स जेनेरेसको समन्वयमा भएको कल्चरल फेशन शोले दर्शकको प्रशंसा बटुलेको थियो ।

  • १३ फाल्गुन २०७५, सोमबार १६:३८ प्रकाशित
  • Nabintech
    सम्बन्धित