मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

बर्तमान ओली सरकारले काम गर्न नसकेको भन्दै प्रचण्डद्धारा असन्तुष्टी व्यक्त
  • मार्गरेखा संवाददाता

  • नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले जनताले चाहेको गतिमा सरकारले काम गर्न नसकेको भन्दै सरकारको कार्यशैलीप्रति असन्तुुष्टी जनाएका छन्।

    ‘जुन गतिमा विकास निर्माण होला। फटाफट काम होला। भ्रष्टहरूमाथि छिटोछिटो कारबाही होला। सुशासन होला भन्ने सोचेको हो त्यसो नभएको गुनासो छ,’ दाहालले भने, यसबारे प्रधानमन्त्रीसँग कुराकानी पनि भइराखेको छ।’

    गोरखाको सुलिकोट गाउँपालिकामा ‘जनयुद्ध’का प्रथम सहिद दिलबहादुर रम्तेलको स्मृतिमा मंगलबार आयोजित कार्यक्रममा अध्यक्ष दाहालले दुई तिहाइको सरकारले गरेका कामप्रति जनताले प्रश्न उठाएको बताए।

    चुनावका बेला मासिक पाँच हजार सामाजिक सुरक्षा भत्ता पु¥याउने भने पनि त्यो पूरा गर्न नसकेकोमा अध्यक्ष दाहालले आत्मआलोचना गरे।

  • १४ फाल्गुन २०७५, मंगलवार १६:१९ प्रकाशित
  • Nabintech
    सम्बन्धित