मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

अब कुनै पनि नेपाली नागरिक घरविहीन नहुने दाबी सहरी विकासमन्त्री महोमद इस्तियाक राई
  • मार्गरेखा संवाददाता

  • नेपाल सरकारका सहरी विकासमन्त्री महोमद इस्तियाक राईले अब कुनै पनि नेपाली नागरिक घरविहीन नहुने दाबी गरेका छन् । लमजुङको सदरमुकाम बेंसीसहरमा पत्रकारसँग बोल्दै मन्त्री राईले यस्तो बताएका हुन् ।
    सरकारले यसअघि निश्चित वर्ग र समुदायलाई लक्षित गरिएको जनता आवास कार्यक्रमलाई सवै नागरिकमा लागु गरीने मन्त्री राईको भनाई थियो । मन्त्री राईले सविधानमा उल्लेखित नागरिकको मौलिक हकअन्तर्गत कुनै पनि नेपाली नागरिक आवासविहीन बन्नु नपर्ने बताए । “आवास नागरिकको मौलिक हक हो,” मन्त्री राईले भने, “प्रत्येक नागरिकलाई आवासको व्यवस्थापन गर्नु सरकारको दायित्व हो, व्यवस्थित बस्तीका लागि सरकारले पहल गरिरहेको छ ।” मन्त्री राईले जमिनलाई वर्गीकरण गरी आवास, कृषि र जंगलको पहिचान गर्ने र नागरिकलाई सरकारले आवास क्षेत्रमा मात्र बस्तीको व्यवस्था गर्ने बताए । उनले जोखिममा रहेका ग्रामीण भेगमा रहेका एकल घरलाई समेत कम्तीमा २५ घर परिवारको एउटा बस्ती बनाई स्थानान्तरण गर्ने सरकारको स्पष्ट योजना रहेको बताए ।
    “तराई, पहाड र हिमाली क्षेत्रमा बाढी, पहिरोको जोखिममा रहेका बस्तीलाई स्थानान्तरण गर्ने सरकारको योजना छ,” मन्त्री राईले भने, अब यो छिट्टै कार्यान्वयन हुन्छ ।” मन्त्री राईले बस्ती स्थानान्तरणका लागि तराईमा ३ लाख, पहाडमा ४ लाख र हिमाली जिल्लामा ५ लाख रुपैयाँ सरकारले अनुदान दिने बताए । पहिलो चरणमा जोखिम क्षेत्रको पहिचान गरी जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरी तत्काल व्यवस्थित बस्ती स्थानान्तरण गरिने बताए । मन्त्री राईले भूमि व्यवस्था मन्त्रालयसँग सहकार्य गरी हाल नागरिकले लिएको लालपुर्जालाई परिमार्जन गरी कृषि, वन र औद्योगिक क्षेत्र स्पष्ट उल्लेख गरिने र आवास क्षेत्रमा मात्र व्यवस्थित बस्ती बसाइने बताए । सरकारले तोकेको आवास क्षेत्रमा पनि निश्चित मापदण्डमा मात्र घर बनाउनुपर्ने मन्त्री राईको भनाइ थियो ।
    “यसअघि निर्माण भएका भवन त भइहाले, अब बन्ने भवन मापदण्डमा रहेर बनाउनुपर्छ,” मन्त्री राईले भने, “मापदण्डविपरीतका घर र भवन सरकारले भत्काउँछ ।” सरकारले जोखिमपूर्ण बस्ती स्थानान्तरणका लागि कार्यविधि बनाइसकेको र यसको कार्यान्वयनको चरणमा रहेको बताए ।

  • १७ फाल्गुन २०७५, शुक्रबार १०:४४ प्रकाशित
  • Nabintech
    सम्बन्धित