मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

अनाथ, विपन्न र अशक्त बालबालिकालाई कतार च्यारेटीद्धारा १६ लाखको छात्रबृत्ति
  • मार्गरेखा संवाददाता

  • अनाथ, विपन्न र अशक्त बालबालिकालाई कतार च्यारेटीद्धारा १६ लाखको सहयोग
    सिराज खान
    नेपालगन्ज, १९ फागुन । बाँके जिल्लाका विभिन्न स्थानका अति विपन्न, अनाथ, असहाय र अशक्त बालबालिका, शिक्षक र अभिभावकलाई करिब १६ लाख रुपैयाँको छात्रबृत्ति प्रदान गरिएको छ ।
    कतार च्यारेटीको आर्थिक सहयोगमा बाँके युनेस्का क्लबले जिल्लाका नेपालगन्ज उपमहानगरपालिका, डुडवा र जानकी गाउँपालिकाका ४५ जनालाई सो छात्रबृत्ति वापत आइतवार करिब १६ लाख रुपैयाँको चेक हस्तान्तरण गरेको छ ।
    यहाँ आयोजित एक समारोहमा बाँके युनेस्को क्लबका वरिष्ठ उपाध्यक्ष सिराज खान, कतार च्यारेटीका सामाजिक सुरक्षा अधिकृत जियाउर रहमान खान तथा क्लबका वित्त तथा प्रशासन प्रमुख वेद प्रकाश पंगालीले विद्यार्थी, अभिभावक र शिक्षकलाई चेक हस्तान्तरण गरे ।
    अतिविपन्न, असहाय र अशक्त परिवारका बालबालिकाको शिक्षालाई निरन्तरता दिन बाँकेको विभिन्न मदरसा र विद्यालयमा अध्ययनरत ३० जना अनाथ बालबालिका, ६ जना अशक्त बालबालिका, एक परिवार, ३ जना शिक्षक र ५ जना अन्य विद्यार्थिलाई सहयोग स्वरुप रकम वितरण गरिएको बाँके युनेस्को क्लबका अध्यक्ष प्रवेज अली सिद्दिकीले बताए ।
    उनले यसअघि पनि कतार च्यारेटीकै आर्थिक सहयोगमा यहाँका गरिब र विपन्न विभिन्न परिवारलाई खाद्यान्न सहयोगदेखि खानेपानीको धारा सहयोग गरिएको जनाए ।
    छात्रबृत्ति प्रदान गरिएका बालबालिकालाई जनही १५ हजारदेखि ६५ हजारसम्मको चेक हस्तान्तरण गरिएको थियो ।
    सो अवसरमा बोल्दै कतार च्यारेटीका सामाजिक सुरक्षा अधिकृत जियाउर रहमान खानले कतार च्यारेटीले अतिविपन्न अनाथ र असहायहरुलाई शिक्षा र जिविकोपार्जनका लागि सहयोग गर्दै आएको बताए ।
    सो अवसरमा सहयोग पाउनेहरुले यो सहयोगबाट आफुहरु निकै खुशी भएको जनाउँदै यसबाट आफ्ना बालबालिकाको पठनपाठनमा ठुलो सहयोग पुग्ने बताएका छन् ।
    ३ जना छोराछोरीका लागि आर्थिक सहयोग पाउने डुडुवा विर्ताकी रुबी खानले आफ्नो आर्थिक अवस्था निकै दयनीय भएको जनाउँदै यो सहयोगबाट ठुलो राहात पुगेको बताइन् । उनले यसबाट आफ्ना छोराछोरीको पढाइमा ठुलो सहयोग पुग्ने जनाइन् ।
    यस्तै जयसपुरका अब्दुल मजिदले पनि यो सहयोगले आफुलाई धेरै टेवा दिने जनाउँदै सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरेका छन् । सोही प्रकारले नेपालगन्ज–१३ की फातिमा शेखले आफुले पाएको सहयोगबाट बालबालिकाको शिक्षामा राम्रो सहयोग पुगेको बताइन् ।

  • १९ फाल्गुन २०७५, आईतवार १९:२२ प्रकाशित
  • Nabintech
    सम्बन्धित