मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

हिन्दु धर्म रहेमा मात्र सम्पूर्ण धर्मको रक्षा हुने राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा
  • मार्गरेखा संवाददाता

  • दुर्गा अचार्य
    बर्दिया,फाल्गुण,२६। हिन्दु धर्म रहेमा मात्र सम्पूर्ण धर्मको रक्षा हुने राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले वताएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीको मेची महाकाली राष्ट्रिय स्वाभिमान यात्राको क्रममा बर्दियाको सदरमुकाम गुलरियामा आयोजित कार्यक्रमलाई सम्वोधन गर्नै क्रममा उनले यस्तो वताएका हुन् । सवै धर्मलाई वरावरी र समान स्वतन्त्रता हुनुपर्छ भन्ने मान्यता राष्ट्रिय प्रजातन्त्र पार्टीको रहेको उनले वताए । थापाले सवै धर्मावलम्वी हरु मिलेर वस्नुपर्छ भन्ने मान्यता राप्रपाको रहेको वताएका छन्।
    ०६२÷६३को आन्दोलन पछि आन्दोलन गर्नै मानिसहरु सरकारमा बसेर बिदेशीको दवाव र पैसा खाएर हिन्दु राष्ट्रको पहिचानलाई नै मेटाई दिएको अध्यक्ष थापाले आरोप लगाएका छन् । सदियौ देखि नेपाल हिन्दु राष्ट्र भएकाले नेपाल हिन्दुराष्ट्र नै हुनुपर्छ भन्ने माग नेपालमा राष्ट्रिय प्रजातन्त्र पार्टीको रहेको उनले वताएका छन् । धर्मनास भएकै कारण देशमा अहिले भ्रष्टाचार,हिँसा,बलत्कार,चोरि लगाएत अपराधिक कृयाक्लाप बढ्दैगएको थापाले दावी गरे। पछिल्लो समय नेपाली जनतालाई विभिन्न प्रलोभन र भ्रममा पार्दै परम्परादेखि मान्दै आएको धर्म परिवर्तन गराउने हरुको चलखेल समेत बढिरहेको थापाले वताएका छन् ।
    देशमा भ्रष्टाचार नियन्त्रण, गरिवी र वेरोजगारको समस्या समाधान गर्नेका साथै जनतालाई जागरुक गराई सरकारलाई दवाव दिनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टीले राष्ट्रिय स्वाभिमान यात्राको आयोजना गरिएको वताईएको छ ।

  • २६ फाल्गुन २०७५, आईतवार १७:०२ प्रकाशित
  • Nabintech
    सम्बन्धित