महिला स्वास्थ्य स्वयंसेविकालाई प्रोत्साहन गर्न हरेक वर्ष सम्मान गर्दै आएकाे छ। नेपालगन्ज उपमहानगरपालिकाका २३ वडामा १५६ जना महिला स्वास्थ्य स्वयंसेविका कार्यरत छन् ।
सम्मान कार्यक्रममा नगर प्रमुख विष्टले महिला स्वास्थ्य स्वयंसेविका विना स्वास्थ्य क्षेत्रमा अपेक्षित सम्भव नहुने बताउदै महिला स्वास्थ्य स्वयंसेविकाको लगावले स्वास्थ्य क्षेत्रले फड्को मारेको बताए ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत खड्का, स्वास्थ्य कार्यालय बाँकेकी प्रमुख सुनिता पौडेल, नेपालगन्ज उपमहानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख राम बहादुर चन्द, वडा नम्बर १५ पिप्रहवा स्वास्थ्य केन्द्र प्रमुख जयराम पाण्डे, लगायतले बोलेका थिए ।