नेपालगन्ज मंसिर २२ । छैठाै मेयरकप साइकिल प्रतियोगिता शुक्रबार नेपालगन्जमा सम्पन्न भएकाे छ । सम्पन्न भएको छ । देश भरीका सहभागी रहेकाे साईकिल प्रतियोगिताकाे उद्घाटन नेपालगन्ज उपमहानगरपालिका प्रमुख प्रशान्त बिष्टले उदघाटन गरेका थिए ।
नेपालगन्ज उपमहानगरपालिकाको सहकार्यमा आयोजित प्रतियोगितामा एमटीबी पुरुषतर्फ देशभरका १३ जनाको सहभागि मध्ये एमटीबी ३२ किलाे मिटर पुरुषतर्फको उपाधि बुटवलका प्रकाश थापाले प्रथम काभ्रेका अच्युतकृष्ण खरेल दोस्रो, उदयपुरका निमा शेर्पा तृतीय भए ।
एमटीबी महिलातर्फ बाँकेको बैजनाथकी रुपा थारु प्रथम , नेपालगञ्जकी एसी श्रेष्ठ दोस्रो र बैजनाथकी रिमा थारु तृतीय भए ।
त्यस्तै साधारण साइकलतर्फ ८० जना सहभागी भएकोमा राप्ती सोनारीका जुगलाल थारु प्रथम ,राप्ती सोनारीकै रमेशकुमार थारु दोस्रो र डुडुवाका विनोद कुमार यादव तृतीय भए । साधारण साइकल महिलातर्फ बर्दियाकी इन्दिरा थारु प्रथम, राप्ती सोनारीकी मिना कुमारी थारु दोस्रो र राप्ती सोनारीकै समिता थारु तृतीय भए ।
एमटीबी स्पेसलतर्फको विशेष दौडमा नेपालगञ्जका लक्ष्मीनारायण शाह प्रथम , राजिव विक्रम शाह दोस्रो र डाक्टर बद्री चापागाईं तृतीय भए । बिजयहरूलाई डा बद्री चापाई, नेपालगन्ज साईकिलिङ कल्बका अध्यक्ष सतिस निराैला, बाँके जिल्ला साईकिल संघका अध्यक्ष गगन थपाले नगद पुरस्कार सहित प्रमाणपत्र मेडल बितरण गरेका थिए