प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड गठबन्धन बदलेपछि बिहीबार बसेको कांग्रेस संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिएको सभामुखलाई जानकारी गराउने निर्णय गरेको छ ।
संविधानको रक्षा, गणतन्त्रात्मक व्यवस्थाको सुदृढीकरण, सुशासन विकास र स्थिरिताका लागि गठबन्धन गरेर चुनावमा गएको र त्यसक्रममा भएको सहमतिप्रति आफू प्रतिबद्ध रहेको बेला प्रधानमनत्रीले अविश्वसनीय ढंगले गठबन्धन तोडेको कांग्रेसको निष्कर्ष छ ।
‘प्रधानमन्त्री पुपष्कमल दाहालजीले हामीलाई विवासघात गर्नुभयो र गठबन्धन भत्काउनुभयो,’ कांग्रेस प्रमुख सचेतक रमेश लेखकले भयो, ‘यसलाई हामीले राजनैतिक बेमाइनी ठहर गरेका छौं ।’
उनले अगाडि भने, ‘हामीले गठबन्धनको संस्कृति, मूल्यमान्यता र सम्पूर्ण सहमतिलाई पालना गरिराखेकै अवस्थामा अविश्वनीय ढंगले गठबन्धन भत्काउने जुन काम गर्नुभयो, यो कुनै हिसाबले राजनैतिक इमान्दारी हुन सक्दैन ।’
संघीय संसदमा प्रमुख विपक्षी दलका हैसियतले रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्ने कांग्रेसले बाएको छ । ‘हामीले हाम्रा सांसदहरुलाई संसदमा देश जनताका हितमा प्रधावकारी रुपमा प्रस्तुत हुन र रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्न निर्देश गरेका छौं,’ प्रमुख सचेतक लेखकले भने ।