मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

बाँकेमा विश्व रक्तदाता दिवसमा १२४ जनाले रक्तदान गरे
  • मार्गरेखा संवाददाता

  • नेपालगंज ३२ जेष्ठ “रक्तदान उत्सवको दुई दशक, सबै रक्तदाताहरुलाई धन्यवाद” भन्ने मुल नाराका साथ आज विश्व रक्तदाता दिवस मनाइएको छ ।
    रक्त समूह पत्ता लगाउने वैज्ञानिक डा. कार्ल ल्याण्डस्टाइनरको जन्मदिनको अवसर पारेर हरेक वर्ष १४जुनका दिन विश्व रक्तदाता दिवस मनाइन्छ । सदा झै यस वर्ष पनि १४ जुनका दिन रक्तदान कार्यक्रम गरी दिवस मनाइएको छ । सन् २००४ मा पहिलो पटक विश्व रक्तदाता दिवस मनाइएको थियो ।
    रगतको वैकल्पीक व्यवस्था हालसम्म वैैज्ञानिकहरु पता लगाउन नसकेको अवस्थामा घाइते वा विरामीलाई मानिस कै रगत जरुरी हुने डाक्टरहरुले बताउँछन् ।
    दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रममा प्राजातन्त्रीक उद्योग व्यवसायी संघले ७६ पिन्ट र स्वयंसेवी रक्तदाता समाजले १६ पिन्ट रक्तदान गरेका हुन । यसैगरी दिवसको पूर्वसन्ध्यामा जनमत अद्र्धसाप्ताहिक, एसओएस ने.ग. र नेपाल स्वयंसेवी रक्तदाता समाजले ४१ पिन्ट रक्तदान गरेका हुन ।
    नेपाल रेडक्रस सोसाइटी बाँके शाखाद्वारा प्रादेशिक रक्तसंचार केन्द्र नेपालगंज (भेरी अस्पताल परिसर), कोहलपुर मेडिकल कलेज र शुशिल कोइराला पखर क्यान्सर अस्पतालमा रक्त संचार युनिट संचालन भइरहेको छ । उक्त केन्द्रहरुबाट बार्षिक १९ हजार पिन्ट भन्दा बढी रगत वितरण हुने गरेको छ । दैनिक करिब १२० पिन्ट भन्दा बढी रगतको माँग हुने गरेकोमा ९० पिन्टसम्म रगत पूर्ति हुने गरेको रक्तसंचार सेवा केन्द्रका प्रमुख उपेन्द्र रेग्मीले बताउनु भयो ।
    दिवसका अवसरमा नेरेसो बाँके शाखाका सभापति गोवर्धन सिंह सम्झनाले बाँके जिल्लामा अस्पतालको संख्या बृद्धि संगै रगतको माँग दिन प्रतिदिन बढदै गइरहेको छ । त्यो अवश्यकता पूर्ति संस्थागत र स्वयंसेवी रक्तदाताबाट मात्र सम्भव हुने कुरा उल्लेख गर्दै मानवीय कार्यमा योगदान गर्ने सबै रक्तदाताहरुलाई धन्यवाद व्यक्त गर्नु भयो ।
    बाँके जिल्लाका निवासी स्वयंसेवी पुरुष रक्तदाता गोपीनाथ वैश्य १५६ पटक, पवन जैसवाल १०० पटक र स्वयंसेवी महिला रक्तदाता सरिता देवी ज्ञवाली शर्माले ७७ पटक रक्तदान गरि इतिहास रचेका हुन । उहाँहरुलाई दिवसका अवसरमा जनमत अर्धसाप्ताहिक र प्राजातन्त्रीक उद्योग व्यवसायी संघले सम्मान गरेका छन् ।
    उक्त कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी बाँके शाखाका पदाधिकारी तथा सदस्य, कर्मचारी, विभिन्न संघसंसस्थाका प्रमुख, प्रतिनिधि र स्वयंसेवी रक्तदाताहरुको सहभागिता रहेको थियो ।

  • १ असार २०८१, शुक्रबार १८:५८ प्रकाशित
  • Nabintech
    सम्बन्धित