मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

बर्दियाकाे बारबर्दिया नगरपालिकाका विद्यालयमा थारु भाषाको पाठ्यक्रम
  • मार्गरेखा संवाददाता

  • थारु भाषामा तयार उक्त पाठ्यक्रम पहिलो चरणमा कक्षा १ देखि ३ सम्म अध्यापन हुने जनाइएको छ ।

    पाठ्यक्रमले बालबालिकाका लागि मातृभाषामा सुन्न, बोल्न र लेख्ने सीपको विकास गर्ने अपेक्षा गरिएको छ । थारू भाषालाई दिगो बनाई थप फराकिलो बनाउँदै थारू भाषाको संरक्षण, प्रवर्द्धन र विकासमा टेवा पुर्याउनेलगायत उद्देश्यले अध्यापन गराउन लागिएको जनाइएको छ ।

    यसअघि पनि नगरपालिकाका केही विद्यालय थारु भाषामा पठनपाठन सुरु गरेपछि निरन्तरता पाउन सकेको थिएन । यसअघिको पाठ्यक्रममा देखिएको कमजोरीलाई सुधार गरी नयाँ पाठ्यक्रम तयार पारिएको नगरप्रमुख छविलाल थारुले बताए उनले पहिलो चरणमा कक्षा १ देखि ३ सम्म र दोस्रो चरणमा कक्षा ८ सम्म पाठ्यक्रम अध्यापन गराउने तयारी छ । बारबर्दिया नगरपालिकामा ९५ प्रतिशत विद्यार्थी थारु भाषा बोल्न जान्ने भएकाले उनीहरुलाई पठनपाठन गराउन सजिलो हुने नगरपालिकाका उपप्रमुख रत्नकुमारी पाण्डेको भनाइ छ ।

  • २ असार २०८१, शनिबार १३:२७ प्रकाशित
  • Nabintech
    सम्बन्धित