मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

गर्मीले हजका क्रममा १४ जोर्डनीको मृत्यु
  • मार्गरेखा संवाददाता

  • रियाद । साउदी अरेबियामा हजका निम्ति गएका जोर्डनका कम्तीमा १४ नागरिकको अचाक्ली गर्मीका कारण मृत्यु भएको छ । जोर्डनको विदेश मन्त्रालयका अनुसार कडा ‘हिट वेभ’का कारण १४ जोर्डनी नागरिकको मृत्यु भएको र १७ जना हराइरहेका छन्  ।

    इरानी रेड क्रिसेन्टलाई उद्धृत गर्दै एएफपीले जनाएअनुसार पाँच इरानी नागरिकको पनि मृत्यु भएको छ । तर, उनीहरूको के कारणले मृत्यु भएको भन्ने बारेमा उल्लेख गरिएको छैन ।

    जोर्डनी अधिकारीहरूले हराएकाको खोजी जारी राखिएको जनाएका छन् । मृतकका शव व्यवस्थापनका निम्ति साउदी अधिकारीहरूसँग कुरा भइरहेको जोर्डनी अधिकारीहरूले जनाएका छन् ।

    यो हप्ता हज गर्ने स्थानको तापक्रम ४६ डिग्री सेल्सियस पुगेको थियो । बीबीसीबाट ।

  • ४ असार २०८१, सोमबार ०९:३४ प्रकाशित
  • Nabintech
    सम्बन्धित