मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

विपद् व्यवस्थापनमा निजी क्षेत्रको पुर्व तयारीका लागि साझेदारी गर्नुपर्नेमा जोड
  • मार्गरेखा संवाददाता

  • सुपर परियोजना अन्र्तगत नेपाल रेडक्रस सोसाईटी बाँके शाखा र नेपालगन्ज उद्योग बाणिज्य संघद्धारा आज नेपालगन्जमा आयोजित अन्र्तक्रिया कार्यक्रममा सहभागी प्रतिष्ठित उद्योगी व्यापारीले विपद् व्यवस्थापनमा निजी क्षेत्रले आवश्यक सहयोग र समन्वय गर्ने बताएका थिए ।

    कार्यक्रममा सहभागी उद्योगीहरुले विपद्को पुर्व तयारीका लागि सबै सरोकारवाला निकायसंगको सहयोग र साझेदारीमा प्रभावकारी योजना बनाउनुपर्ने भन्दै विपद् व्यवस्थापनमा निजी क्षेत्रहरुले आवश्यकता अनुसारको सहयोग गर्ने प्रतिबद्धता गरेका थिए ।

    कार्यक्रम नेपालगन्ज उपमहानगरपालिकाका आपतकालिन कार्यसञ्चालन केन्द्रका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले विपदमा निजी क्षेत्रको भुमिका र साझेदारीका विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो । शहरमा विपद्का बेला पसल व्यवसाय बढी क्षती हुने भएकाले जोखिम न्युनीकरणका लागि पुर्व तयारीका लागि निजी क्षेत्रको साझेदारी आवश्यक रहेको छ ।

    नेपालगन्ज उद्योग बाणिज्य संघका अध्यक्ष टंक धामीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा लुम्विनी प्रदेश सरकारका मुख्य महान्याधिबक्ता तिर्थ ज्ञवाली, नेपाल रेडक्रस सोसाईटी बाँके शाखा सभापति गोर्बद्धनसिंह सम्झना, नेपालगन्ज उपमहानगरपालिका विपत समितिका संयोजक समिरप्रताप सिंह, वरिष्ठ उद्योगपति कन्हैयालाल बैद्य, व्यापारी प्रदिप गुप्ता लगायतको उपस्थिती रहेको थियो ।

    सुपर परियोजनाले विपद् व्यवस्थापन तथा पुर्व तयारीका लागि नेपालगन्जका निजी क्षेत्रसंग निरन्तर रुपमा छलफल गर्दै आएको छ । परियोजनाले निजी क्षेत्रको व्यवसाय निरन्तरता योजना निमार्ण, बैंकहरुले सामाजिक उत्तरदायी कोष स्थापना, विमा कम्पनीसंगको सहकार्यमा नगरपालिकाको विपद् बिमा कार्यविधी निमार्ण लगायतको कार्य भएको छ ।

    युरोपियन युनियनको आर्थिक सहयोग, युएनडिपी, युनिसेफ, युएनओमेनसंगको साझेदारी र नेपालगञ्ज उपमहानगरपालिका तथा नेपाल रेडक्रसको समन्वयमा नेपालगञ्जमा सञ्चालित शहरी विपद् तथा भूकम्पिय पूर्वतयारी परियोजना (सुपर) ले नेपालगञ्जमा विपद् व्यवस्थापन तथा पुर्वतयारी बारे सचेतना, विपद् सम्वन्धी स्थानीय तहको संरचनालाई सबलीकरण गर्ने, विपद्को बेला अन्तरपालिका समन्वय र विषयगत क्षेत्रको अवधारणा स्थापित र विपद् पुर्व तयारीका लागि स्थानीय अवस्था अनुकुलित विभिन्न नमूना अभ्यासहरु प्रर्दशन गर्ने, विपद् पुर्ब तयारी र प्रतिकार्यका लागि स्थानीय सरकारसंग मिलेर पैरवी गर्दै आएको छ ।

    कार्यक्रममा जाजरकोट र पश्चिम रुकुममा गएको भुकम्प प्रभावितलाई सहयोग गर्ने दाताहरुलाई सम्मान समेत गरिएको थियो ।

  • ७ असार २०८१, बिहीबार २१:१९ प्रकाशित
  • Nabintech
    सम्बन्धित