मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

बाढी-पहिरोबाट ४८ जनाको मृत्यु सात जना बेपत्ता
  • मार्गरेखा संवाददाता

  • आइतबार सार्वजनिक भएको तथ्याङ्क अनुसार गण्डकी प्रदेशमा १९, कोशी प्रदेशमा ११, लुम्बिनी प्रदेशमा १०, बागमती प्रदेशमा २,    मधेस प्रदेशमा २, कर्णाली प्रदेशमा २, काठमाडौँ उपत्यकामा १ जना, र सुदूरपश्चिम प्रदेशमा १ जनाको मृत्यु भएको हो।

    बाढी र पहिरोमा परेर गण्डकी प्रदेशमा १८, कोशी प्रदेशमा ११, मधेस प्रदेशमा ४ जना,बागमती प्रदेशमा ४, लुम्बिनी प्रदेशमा २, कर्णाली प्रदेशमा ११, काठमाडौँ उपत्यकामा ३  र सुदूर पश्चिम प्रदेशमा १ सहित ५४ जना घाइते भए। घाइतेहरूलाई उपचारको लागि स्थानीय अस्पताल लगिएको छ।

    कोशी प्रदेशमा ४१, गण्डकी प्रदेशमा १२ गरी जम्मा ५३ जनाको उद्धार गरिएको छ। बाढी पहिरोमा परेर कोशी प्रदेशमा ३ , बागमती प्रदेशमा २ , गण्डकी प्रदेशमा १, कर्णाली प्रदेशमा १ गरेर ७ जना बेपत्ता छन्।

    बाढीका कारण १ सय २१ घर डुबानमा परेका छन्। ८२ वटा घर, ४६ वटा गोठ, ४१ वटा पुल, एउटा विद्यालय र २ वटा सरकारी कार्यालयमा क्षति पुगेको छ।

    बाढी र पहिरोमा परेर १ सय ८८ पशु चौपायाको मृत्यु भएको छ। बाढी र पहिरोका कारण १ हजार ५८ घर परिवार विस्थापित भएका छन्।

  • २५ असार २०८१, सोमबार ११:०० प्रकाशित
  • Nabintech
    सम्बन्धित