मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

प्रधानमन्त्री केपी शर्मा ओलीलाई १८८ मत
  • मार्गरेखा संवाददाता

  • CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 82?

    विश्वासको मत लिने प्रयोजनका लागि आइतबार बसेको प्रतिनिधिसभा बैठकबाट उनले १८८ मत पाएका हुन् । दुईतिहाइ मत पुग्न सदनमा १८४ मत आवश्यक पर्छ ।

    प्रधानमन्त्री ओलीलाई ८८ मत कांग्रेसबाट, ७७ मत उनकै दल एमालेबाट आएको छ । यस्तै, जसपा (जनता समाजवादी पार्टी)नेपाल र जसपा (जनता समाजवादी पार्टी)बाट १२, जनमत पार्टीबाट ६, नागरिक उन्मुक्ति पार्टीबाट चार, लोकतान्त्रिक समाजवादी पार्टीबाट चार र दुई स्वतन्त्र सांसदले मत दिएका छन् ।

    उनको विपक्षमा ७५ मत परेको छ । नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), नेकपा(एकीकृत समाजवादी), आम जनता पार्टीले मत दिएनन् ।

    यस्तै, नेपाल मजुदर किसान पार्टी र राष्ट्रिय जनमोर्चा तथस्ट बस्यो ।

    २७५ सदस्यीय प्रतिनिधिसभामा आज २६३ सांसद उपस्थित ‍थिए ।

    ओली असार ३० गते प्रधानमन्त्री नियुक्त भएका हुन् । संविधान संशोधनसिहत राजनीतिक स्थिरताको नारा दिएर संसद्को पहिलो दल नेपाली कांग्रेसको सहयोगमा उनी प्रधानमन्त्री चयन भएका हुन् । ओलीको दल एमाले संसद्को दोस्रो ठूलो दल हो ।

    यी दुई दलबीच असार १७ गतेको मध्यरातमा सातबुँदे सहमति भएको थियो । उनी नेपालको संविधानको धारा ७६ को उपधारा २ बमोजिम प्रधानमन्त्री बनेका हुन् ।

    संविधानको सोही धाराको उपधारा ४ बमोजिम ओलीले विश्वासको मत लिएका हुन् । प्रधानमन्त्री नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।

  • ६ श्रावण २०८१, आईतवार १८:४९ प्रकाशित
  • Nabintech
    सम्बन्धित