मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

वर्ल्ड स्ट्रेन्थलिफ्टिङ एण्ड इन्क्लाइन बेन्च प्रेसमा नेपालकी दिपालाई स्वर्ण पदक
  • मार्गरेखा संवाददाता

  • काठमाडाैं  साउन ७  । ११ औं वर्ल्ड स्ट्रेन्थलिफ्टिङ एण्ड इन्क्लाइन बेन्च प्रेस (आइबीपी) च्याम्पियनसिपमा नेपालकी दीपा बिष्टले स्वर्ण पदक जितेकी छिन् । काजखस्तानमा सम्पन्न प्रतियाेगितामा उनले इन्क्लाइन बेन्च प्रेस (आईबीपी) मा ८० केजी प्लस ल समूहमा स्वर्ण पदक प्राप्त गरेकी हुन् ।

    ९५ केजी तौल समुहमा प्रतिष्पर्धा गरेकी बिष्टले आईबीपी च्याम्पियनसिपमा तेस्रो पटक नेपाललाई स्वर्ण पदक दिलाएकी हुन् । उनले स्वार्ण पदकसँगै प्रमाणपत्र र ट्रफी प्राप्त गरेकी छन् ।

    बिष्टले गत वर्ष भारतको हैदराबादमा सम्पन्न १०औं संस्करणको च्याम्पियनसिपमा ९० केजी तौल उचालेर कीर्तिर्मान बनाएकी थिइन् । त्यसअघि उनले किर्गिस्तानमा आयोजित नवौँ संस्करणमा पहिलो पटक ७२ केजी तौल उचालेर नेपाललाई स्वर्ण पदक दिलाएकी थिइन् ।

    उनले प्रत्येक वर्ष आफ्नै कीर्तिमान तोड्दै यो खेलमा लगातार नेपालका लागि स्वर्ण पदक दिलाउँदै आएकी हुन् । कजाकस्तानमा भएको च्याम्पियनसिपमा भारतसहित २० देशका खेलाडीहरुको सहभागी रहेको जनाइएको छ ।

  • ७ श्रावण २०८१, सोमबार १०:५६ प्रकाशित
  • Nabintech
    सम्बन्धित