मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

भ्रष्टाचार नियन्त्रण र सुशासनको कुरालाई कांग्रेसले गम्भीर भएर ध्यान दिनु पर्नेनेपाली कांग्रेसका नेता डा. शेखर कोइराला
  • मार्गरेखा संवाददाता

  • काठमाडौ साउन ८ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले संविधान कार्यान्वयनको १० वर्ष हुन  लागेकाले अहिले पुनरावलोकन, परिमार्जन गर्ने बेला भएको बताएका छन् ।

    नेपाल प्रेस युनियनले मंगलबार आयोजना गरेको ‘संविधान संशोधन र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता’ विषयक विचार गोष्ठी बोल्दै उनले यस्तो बताएका हुन् ।

    उनले १० वर्षमा संविधान संशोधन गर्ने कुरा विधानमै उल्लेख भएकाले कांग्रेस-एमाले सरकारले यस विषयलाई प्राथमिकतामा राख्नुपर्ने बताए ।उनले भने, ‘१० वर्षमा संविधान संशोधन गर्ने कुरा विधानमै उल्लेख छ । त्यसकारण कांग्रेस-एमाले सरकारले यस विषयलाई प्राथमिकतामा राख्नुपर्छ ।’

    संविधान संशोधन गर्दा समावेशीताको कुरालाई अझ बलियो बनाउने गरी जानुपर्ने र निर्वाचन प्रणालीलाई सुधार गर्नु पर्नेमा उनले जोड दिए । तर संशोधनको नाममा कतै पेन्डोरा बक्स त खुल्ने होइन भन्ने डर भएकाले यसमा सचेत हुनुपर्ने उनको भनाइ थियो।

    ‘संविधान संशोधन गर्दा समावेशीताको कुरालाई अझ बलियो बनाउनु पर्ने जरूरी छ’, उनले भने, ‘निर्वाचन प्रणालीलाई पनि सुधार गर्दै संशोधनको नाममा कतै पेन्डोरा बक्स त खुल्ने होइन भन्ने डर छ। यसमा मिडिया जगत पनि सचेत भएर खबरदारी गर्नु आवश्यक छ।’उनले भ्रष्टाचार नियन्त्रण र सुशासनको कुरालाई कांग्रेसले गम्भीर भएर ध्यान दिनु पर्ने बताए । ‘देशमा भ्रष्टाचारको सीमा नै नाँघेको छ। त्यसैले यसको नियन्त्रण र सुशासनलाई केन्द्रमा राखेर कांग्रेसले काम गर्नुपर्दछ।’ उनले भने ।

    ठूला दल कांग्रेस-एमाले एक ठाउँमा उभिदा कतै निरंकुशता उब्जन्छ कि भन्न डर भएकाले मिडियाले निरन्तर खबरदारी गर्नु पर्नेमा उनले जोड दिए । सत्ता पक्षमा हुँदैमा गलतलाई सत्य भन्न नसकिने भन्दै उनले संसदबाट सहीलाई सही र गलतलाई गलत हो भन्ने आवाज उठाउने विचार व्यक्त गरे । अहिले मन्त्रीहरु खादा मालामा व्यस्त भएकाे भन्दै उनले यो सरकारलाई गल्ती गर्ने र कुनै कमी कमजोरी गर्ने छुट नभएको बताए ।

    नागरिकमा निराशा चिर्न र राष्ट्रलाई प्राथमिकतामा राखेर आशा जगाउने गरी काम गर्नु सरकारको प्राथमिमता हुने पर्ने उनको भनाइ छ ।

  • ८ श्रावण २०८१, मंगलवार २१:११ प्रकाशित
  • Nabintech
    सम्बन्धित