मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ प्रतियोगितामा पदक विजेता खेलाडीलाई जमुनाहा नाकामा स्वागत
  • मार्गरेखा संवाददाता

  • नेपालगन्ज, साउन ९ गते । काजकिस्तानमा सम्पन्न भएको ११औँ अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ च्याम्पियनसिपमा स्वर्ण र रजत पदक जितेर फर्किएका बाँकेका दुई जना खेलाडीलाई जमुनाहा नाकामा स्वागत गरिएको छ । 

    १५ जुलाईदेखि १९ जुलाईसम्म सञ्चालन भएको सो अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ प्रतियोगितामा नेपालगन्जका खेलाडी करण बाडियाले ६० केजीमा दुई वटा स्वर्ण र मोहित गुप्ताले ६८ केजीमा  रजत र एउटा कांस्य पदक जित्नुभएको थियो ।

    पदक जितेर भारतको बाटो भएर फर्किनुभएका दुबैजना खेलाडीलाई नेपालगन्जस्थित विभिन्न जिमका खेलाडीहरूले जमुनाहा नाकामा भव्य स्वागत गर्नुभएको रजत पदक विजेता खेलाडी मोहित गुप्ताले बताउनुभयो ।

    उहाँले पहिलो पटक यसरी अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी भएर पदक जित्न पाएकोमा निकै गौरवको अनुभूति भइरहेको जनाउँदै स्ट्रेन्थ लिफ्टिङमा नेपाली खेलाडीहरूलाई पदक जित्ने राम्रो अवसर रहेको बताउनुभयो ।

    अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ च्याम्पियनसिपमा नेपालको लागि पदक जितेर फर्किने क्रममा भारतका लागि नेपाली दूतावासले पनि दिल्लीमा एक कार्यक्रम गरेर विजेता खेलाडीहरूलाई स्वागत सम्मान गरेको थियो ।

    खेलाडी गुप्ताका अनुसार नेपालका लागि पदक प्राप्त गर्ने खेलाडीहरू केदारेश्वर मान, सानु कान्छा लामा, अमर लामा, अमृता खडका शेर्पा, करण बाडिया र आफूलाई भारतका लागि नेपालका राजदूत शङ्करप्रसाद शर्मा, नियोगका उपप्रमुख सुरेन्द्र थापा लगायतले स्वागत सम्मान गर्नु भएको थियो ।

  • ९ श्रावण २०८१, बुधबार १५:४० प्रकाशित
  • Nabintech
    सम्बन्धित