मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

सुशासन र आर्थिक समृद्धिका लागि नेपाली काँग्रेस र नेकपा ( एमाले) काे सरकार गठन भएकाेसंस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डे
  • मार्गरेखा संवाददाता

  • CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 90?

    नेपालगन्ज साउन ११ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेले सुशासन र आर्थिक समृद्धिका लागि नेपाली काँग्रेस र नेकपा ( एमाले) काे सरकार गठन भएकाे बताएका छन ।

    साे कुरा होटेल व्यवसायी महासंघ लुम्बिनी प्रदेशको तेस्रो वार्षिक साधारणसभा तथा दोस्रो अधिवेशनको आज नेपालगन्जमा उद्घाटन गर्दै  बताएका हुन ।

    मन्त्री पाण्डेले स्थिर शासनको जग बसाउन आगामी निर्वाचनसम्म कांग्रेस-एमाले एक ठाउँमा रहने बताए

    मन्त्री पाण्डेले होटल व्यवसाय पर्यटन क्षेत्रको पूरक क्षेत्र भएको बताए । उनले होटल ‘व्यवसायिक क्षेत्र’ भएकाले व्यवसाय प्रवर्द्धन गर्दै राष्ट्रिय अर्थतन्त्रलाई बलियो बनाउन भूमिका खेलिरहेको बताए । रोजगारी सिर्जनामा पनि होटल व्यवसायको अहम् भूमिका रहेको उनको भनाई छ । मन्त्री पाण्डेले पर्यटन नीतिलाई समयसापेक्ष बनाउन आफू आउने वित्तिकै तीन महिनामा प्रतिवेदन बुझाउने गरी कार्यदल बनाएको जानकारी दिए । उनले पर्यटन ऐन निर्माणको काम पनि यथाशीघ्र गर्ने बताए । होटल चले पर्यटक आवागमन बढ्ने भएकाले होटलमैत्री नीति बनाएर अघि बढ्ने मन्त्रीको भनाई छ ।

    लुम्बिनी प्रदेशका पूर्व मन्त्री एवम् लुम्बिनी प्रदेश सांसद रत्न बहादुर खत्रीले अर्थतन्त्रलाई चलायमान गराउन पर्यटन क्षेत्रलाई राज्यले विशेष प्राथमिकताका साथ हेर्नुपर्ने बताए । उनले निजी क्षेत्रको लगानीलाई प्रोत्साहन गर्न विशेष नीति बनाउनुपर्नेमा जोड दिए । होटल व्यवसायी महासंघ लुम्बिनी प्रदेश अध्यक्ष भाष्कर काफ्लेले राज्यले पर्यटन प्रवर्द्धनको महत्वपूर्ण अंग होटल व्यवसायलाई हेर्ने दृष्टिकोण बदल्नुपर्नेमा जोड दिए । होटल व्यवसायमा ठूलो लगानी रहेको भन्दै काफ्लेले राज्यले आफ्ना माग सम्बोधनमा गम्भीरता देखाउनुपर्ने बताए । उनले होटेल व्यवसायलाई उद्योग सरह मान्यता दिनुपर्ने बताए ।

    कार्यक्रममा महासंघका केन्द्रिय अध्यक्ष दिनेश चुके, पूर्व केन्द्रिय अध्यक्ष अमृत बहादुर भुजेल, लुम्बिनी प्रदेश सल्लाहकार बलराम भट्टराई, नेपालगन्ज उद्योग बाणिज्य संघका अध्यक्ष टंक बहादुर धामी, होटल व्यवसायी महासंघ बाँकेका अध्यक्ष रंग बहादुर खड्का लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । उद्घाटन कार्यक्रमको संचालन महासचिव दधिराम भण्डारी तथा स्वागत मन्तव्य वरिष्ठ उपाध्यक्ष महेन्द्र श्रेष्ठले गरेका थिए ।

  • ११ श्रावण २०८१, शुक्रबार १९:५० प्रकाशित
  • Nabintech
    सम्बन्धित