मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

जननायक वीपी कोइरालाको ४२औं स्मृति दिवसका अवसरमा कांग्रेस क्षेत्र नम्बर २ बाँकेद्वारा नेपालगञ्जमा बृक्षारोपण
  • मार्गरेखा संवाददाता

  • नेपालगञ्ज साउन १३  । नेपाली कांग्रेस बाँके क्षेत्र नम्बर २ ले बृक्षारोपण गरेको छ । क्षेत्रीय कार्यसमितिको आयोजनामा आज नेपालगञ्जस्थित मंगल प्रसाद मावि प्रांगणमा बृक्षारोपण गरिएको हो । क्षेत्रीय सभापति रमेश कुमार गुप्ताका अनुसार नेपाली कांग्रेसका पूर्व पार्टी सभापति, पूर्व प्रधानमन्त्री जननायक वीपी कोइरालाको ४२औं स्मृति दिवसका अवसरमा मंगल प्रसाद मावि र इको स्मार्ट क्लब नेपालगञ्जसंगको सहकार्यमा विद्यालय प्रांगणमा विभिन्न प्रजातिका ४७ वटा विरुवा रोपिएको छ । जामुन, निम, मोरिन्गा, बेल, सिसौ निलो आदि प्रजातिका विरुवा रोपिएको हो ।

    बृक्षारोपण अघि आयोजित उद्घाटन कार्यक्रममा बोल्ने बक्ताहरुले महामानव वीपी कोइरालाको आदर्शलाई पछ्याइरहन सके कांग्रेस सधैं अग्रणी, जीवन्त र लोकप्रिय पार्टी भइरहने विचार ब्यक्त गरेका थिए । क्षेत्रीय सभापति गुप्ताको सभापतित्वमा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि कांग्रेस केन्द्रिय सदस्य मैकुलाल बाल्मिकीले वीपी एक विचार भएकाले उनको आदर्श कांग्रेस र समग्र मुलुकका लागि अनुकरणीय रहेको बताए ।

    राष्ट्रियसभा सदस्य एवम् कांग्रेस बाँकेका पूर्व सभापति युवराज शर्माले वीपीको आदर्शलाई नपछ्याउँदा बेला बेलामा कांग्रेस धर्माराइरहेको विचार ब्यक्त गरे । कार्यक्रममा जिल्ला सचिव सुधांशु कोइराला, कांग्रेस नेता एवम् लुम्बिनी सरकारका पूर्व मन्त्री सुरेन्द्र हमाल, मंगल प्रसाद माविका प्रधानाध्यापक सन्ध्या गुप्ता लगायतले बृक्षारोपण अति सराहनीय कार्य भएको बताए ।

    क्षेत्रीय सभापति गुप्ताले वातावरण संरक्षण र सम्बद्र्धनमा टेवा पुर्याउन हरित क्षेत्र निर्माणका लागि नेपाली राजनीतिका एक आदर्श ब्यक्तिको स्मृति दिवसको सन्दर्भ पारेर बृक्षारोपण कार्यक्रम गरिएको बताए । क्षेत्रीय सचिव सुनिलसिंह हमालले सञ्चालन गरेको कार्यक्रममा सहसचिव तरुण बज्राचार्यले स्वागत मन्तब्य ब्यक्त गरेका थिए ।

  • १२ श्रावण २०८१, शनिबार १६:१३ प्रकाशित
  • Nabintech
    सम्बन्धित