मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

मर्यादित मिडियाले नागरिकको मर्यादा जोगाउँछ : राष्ट्रपति पौडेल
  • मार्गरेखा संवाददाता

  • काठमाडौँ साउन २१ । राष्ट्रपति रामचन्द्र पौडेलले मिडियाको मर्यादित भूमिकाबाट मात्र आम नागरिकको मर्यादा र सम्मान जोगिने बताएका छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा आफूसँग भेट गर्न आएका काउन्सिलका पदाधिकारीसँग उहाँले त्यसका लागि प्रेस काउन्सिल नेपालको भूमिका महत्त्वपूर्ण बताए ।

    राष्ट्रपति पौडेलले नयाँ मिडियाले ल्याएका चुनौतीलाई सम्बोधन गर्नेगरी काउन्सिलले आफ्ना गतिविधि केन्द्रित गर्नुपर्ने सुझाव दिए ।

    काउन्सिल अध्यक्ष बालकृष्ण बस्नेतसहितको टोलीले नेपाली मिडियामा देखिएका पछिल्ला प्रवृत्ति, समस्या, नयाँ प्रयोगबारे सङ्क्षिप्त रुपमा अवगत गराएको थियो । उहाँले युट्युबसहित सामाजिक सञ्जालमार्फत चलेका सञ्चारमाध्यमलाई नियमन गर्न काउन्सिलले विभिन्न काम गर्दै आएको जानकारी दिए ।

    भेटमा काउन्सिलका तर्फबाट अध्यक्ष बस्नेत, बोर्ड सदस्यहरू दुर्गा भण्डारी पौडेल, लालबाबु शेष, रामप्रसाद दाहाल र मुख्य अधिकृत झविन्द्र भुसाल थिए । साथै राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार किरण पोखरेल भेटमा सहभागी थिए ।

  • २१ श्रावण २०८१, सोमबार २१:३० प्रकाशित
  • Nabintech
    सम्बन्धित