मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले १५ औँ महाधिवेशन लम्बाउने कुनै प्रपञ्च नगर्न सभापति शेरबहादुर देउवालाई आग्रह
  • मार्गरेखा संवाददाता

  •  

    उनले २०८२ मंसिरमा महाधिवेशन गर्ने सुनिश्चितता केन्द्रीय समिति बैठकले गर्नुपर्ने धारणा राखेका छन्। ‘तपाइँको नेतृत्वमा विगत आठ वर्ष देखि कांग्रेसले राष्ट्रिय राजनीतिमा निर्वाह गरेको भूमिकाको समीक्षा म यहाँ गर्न चाहिन्न। कांग्रेस हिजो किन खुम्चियो र आज फेरि किन गठबन्धनको कारण ठुलो दलको रुपमा संसदमा उपस्थित छ, यद्यपि कांग्रेसको जनाधार खुम्चिएको निर्वाचनले देखाएको छ। यि सबैको वस्तुनिष्ठ समीक्षा गर्ने जिम्मा म इतिहासलाई छाडिदिन्छु।’ कोइरालाले भने, ‘मेरो आग्रह सबै केन्द्रीय कार्यसमितिलाई साक्षी राखेर के मात्र छ भने कांग्रेसको १५ औँ महाधिवेशन लम्बाउने कुनै प्रपञ्च नगरौँ। पार्टीको विधान र नियमावलीमा गर्नुपर्ने संशोधनका लागी अबिलम्ब समितिहरु बनाऔँ। १४औँ महाधिवेशनदेखि थाँती रहेका क्रियाशिल सदस्यता लगायतका समस्याहरु तत्काल समाधान गरी २०८२ मंसिरमा १५ औँ महाधिवेशन गर्ने सुनिश्चितता यही केन्द्रीय समिति बैठकले गरोस्।’

    महाधिवेशन सार्ने काम भयो भने त्यसले कांग्रेस र लोकतन्त्र दुवैलाई दुर्घटनातर्फ लैजाने उनको दाबी गरे। पार्टीलाई विधान अनुसार समय गुज्रेर गरिने कुनै पनि कार्य प्रभावकारी नहुने उनले बताए।

    उनले अहिले राजनीतिमा पपुलिज्म हावी भएको तर्क गरे। कोइरालाले भने,‘अहिले राजनीतिमा लोकरिझ्याई(पपुलिज्म) हावी भएको छ। हाम्रो पार्टी पनि लोकरिझ्याईबाट अछुतो छैन। कांग्रेस पार्टीको आफ्नै मौलिकता,आदर्श र सिद्धान्त छ तर अहिले यसलाई बिर्सेर सामाजिक सञ्जाल र लोकरिझ्याईले पार्टीलाई डोर्याउन खोजेको जस्तो देखिन्छ। यसले पार्टी कहाँ पुग्छ बेलैमा सोचौँ।’

    गठबन्धन सरकारको नेतृत्व कांग्रेसको राजनीतिक प्रतिस्पर्धी एमालेले गरिरहेको बताउँदै उनले सरकारमा गएका कांग्रेसका मन्त्रीले जनताको विश्वास र मन जित्नेगरी काम गर्न सकेनन् भने पार्टीमा नसोचेको गिरावट आउने खतरा रहेको बताए। दुई ठूला दल मिलेर सरकार बनाउनुको सार्थकता प्रदेशलाई हरेक प्रकारले सशक्त र प्रभावकारी बनाउनेतर्फ पहल गर्नुपर्ने धारणा राखे।

     

  • २७ श्रावण २०८१, आईतवार २०:०० प्रकाशित
  • Nabintech
    सम्बन्धित