मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

नेपालमा पनि बंगलादेशको अवस्था आउन सक्ने नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला
  • मार्गरेखा संवाददाता

  • काठमाडौ साउन २९ ।  नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेपालमा पनि बंगलादेशको अवस्था आउन सक्ने भन्दै सचेत रहन आग्रह गरेका छन् ।

    मंगलबार युवा दिवसका अवसरमा फोर एच नेपालले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै कोइरालाले बंगलादेशमा ११ प्रतिशतको आर्थिक वृद्धि भइरहेको अवस्थामा दुर्घटना आइपरेको भन्दै नेपालमा सोही अवस्था आउन सक्नेतर्फ सचेत गराएका हुन् ।

    ‘हाम्रो छिमेकी मुलुक बंगलादेशमा दुई तिहाइको सरकार थियो । आर्थिक वृद्धिदर ११ प्रतिशत थियो । तर, अचानक घटना भयो । प्रधानमन्त्रीले देश नै छोडेर हिँड्नुपर्ने स्थिति आयो । यो सामान्य घटना होइन,’ उनले भने, ‘नेपालको आर्थिक अवस्था जर्जर छ । राजश्व उठ्छ १०-११ खर्ब, चालु खर्चमा १२-१३ खर्ब हुन्छ । ऋण लिएर हामी चालु खर्च चलाइरहेका छौँ । तर, बंगलादेशको त्यो होइन । त्यस्तो देशमा त यो अवस्था आयो भने नेपालमा कुनै पनि बेला केही हुनसक्छ, त्यतातिर पनि सतर्क हुनुस् ।’

    नेता कोइरालाले दुई तिहाइको सरकार भएको देशमा समेत प्रधानमन्त्री देशबाहिर भाग्नुपरेको बताए । उनले सरकारले २४ वर्षपछिका युवाहरूलाई कसरी समेटेर राख्ने, कसरी रोजगारीका अवसर सिर्जना गर्ने भन्नेबारेमा सोच्नुपर्ने जरुरी रहेको बताए । कोइरालाले नेपालमा आर्थिक अवस्था जर्जर  रहेको बताए । नेता कोइरालाले सामाजिक सञ्जालमा आफ्ना विचार राख्दा गम्भीर हुन आग्रह गरे । साभार शिलापत्रबाट

  • २९ श्रावण २०८१, मंगलवार १९:५० प्रकाशित
  • Nabintech
    सम्बन्धित